Websoft University

मूलुकको शिक्षा नीति उत्पादन केन्द्रित र रोजगारी मूलुक हुनु पर्ने : उप-प्रधानमन्त्री पोखरेल


श्याम राई-उदयपुर-गाईघाट फागुन ५ गते । रातो तारा डट कम,उप–प्रधान एंव रक्षा मंत्री ईश्वर पोखरेलले मूलुकको शिक्षा नीति उत्पादन केन्द्रित र रोजगारी मूलुक हुनु पर्ने बताएका
छन् ।
उदयपुरको सदरमुकाम गाईघाटमा आईतबार आयोजित उदयपुर साक्षरता घोषणा कार्यक्रममा बोल्दै उनले रोजगार दिन नसक्ने शिक्षा नीतिको कुनै औचित्य नरहेको बताए । उनले सरकारले ५ वर्ष भित्रमा शिक्षा क्षेत्रमा पूरै सुधार ल्याउने बताए ।‘ अब हामीले शिक्षा क्षेत्रमा ७० प्रतिशत भन्दा बढी व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिन लागेका छौ ।’

अबको शिक्षा नीति देश भक्ति र स्वाभिमान र स्वतन्त्रताको पक्ष हुनु पर्छ । अनी मात्र मूलुकले समृद्धि हासिल गर्न सक्छ ।’ मंत्री पोखरेलले भने । उनले निर्वाचनको बेला गरेको प्रतिबद्धता अनुरुप सरकारले आगामी वर्षदेखि जेष्ठ नागरीकलाई मासिक ५ हजार रुपैया भत्ता दिने तयारी भैरहेको बताए ।‘ हामीले गरेको धेरै घोषणा र प्रतिवद्धता अझै पूरा गर्न सकेका छैनौ ।

विगतमा पुराना कानून संशोधनगरि नयाँ बन्ने प्रकृयामा रहेकोले कानून जटिलताको कारण दुई तिहाईको सरकारले ति प्रतिबद्धता पूरा गर्न नसकेको उनले बताए ।‘ अब हामीले चैत भित्रनै सबै नयाँ कानून निर्माणगरि सकेपछि विगतका सबै प्रतिबद्धता पूरा गर्छौ ।’ उनले भने ।

उप–प्रधान मंत्री पोखरेलले अब मूलुक समृद्धितर्फ अग्रसर भएकोले सरकारले हरेक क्षेत्रमा रोजगार मूलुक कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए ।

विगतमा कुनै पनि दलले एक लौटी रुपमा सरकार बनाउन नपाउँदा सरकार बनाउने र ढाल्ने प्रकृयाको अब अन्त हुन पुगेको उनले बताए ।
उप–प्रधानमंत्री पोखरेलले दुर्गा भगवती मंदिर परिसरमा निर्मित साक्षर स्तम्भको समेत अनावरण गरेका थिए ।
शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख हरिहर धितालले जिल्लामा ९६.३२ प्रतिशत साक्षर रहेकोले जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए ।

जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका १ लाख ७४ हजार १ सय ८ जना रहेकोमा हालसम्म १ लाख ६७ हजार ७ सय ६ जना साक्षर भईकेका छन् भने बाकी ६ हजार ४ सय २ जनालाई आगामी १ वर्ष भित्रमा साक्षर बनाई सक्ने लक्ष्य रहेको धितालले बताए ।

कोही पनी नेपाली जनता शिक्षाबाट बंचित हुन नपरोस भन्ने हेतुले सरकारले २०५६ सालमा अनौपचारिक शिक्षा केन्द्रको स्थापनागरि अभियान संचालन गर्दै आएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.