Websoft University

प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५०१ सदस्यीय मुल समारोह समिति गठन

विराटनगर फागुन ६ गते । रातो तारा डट कम,प्रदेश सरकारले विभिन्न कार्यक्रम गरी तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ ।

राणा शासन विरुद्धको संघर्ष सफल भई २००७ सालमा प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ गतेसहित अघिल्लो दिन र भोलिपल्टसमेत विभिन्न कार्यक्रम गरी दिवस मनाउने तयारी भएको सरकारले जनाएको छ ।

प्रजातन्त्र दिवस मनाउने मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५०१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । समितिको निर्णयको आधारमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरिने प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिब गोपाल पराजुलीले जानकारी दिए ।

प्रजातन्त्र दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको समन्वयमा विद्यालयहरुमा बक्तृत्वकला, हाजिरिजवाफ र निबन्ध प्रतियोगिता गर्ने, ७ गते विहान प्रभातफेरि आयोजना गर्ने र ८ गते कोशी अञ्चल अस्पतालसहित विराटेश्वर बृद्धाश्रम र बालगृहमा फलफुल वितरण गर्ने, सरकारी कार्यालयको सरसफाइ गर्ने र तीन दिन नै दिपावली गर्नेलगायतका कार्यक्रम तय भएको छ । नेपालमा भएका सबै परिवर्तनको जग २००७ सालको क्रान्ति भएको बताउँदै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले यो दिवसलाई भब्य रुपमा मनाउनुपर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.