काठमाण्डौ,फागुन ६ गते । रातो तारा डट कम,सरकारी सेवामा रहेका चिकित्सकहरूले सामूहिक राजीनामा दिने खालको धम्की दिएका छन् । कर्मचारी समायोजनको विरोध गर्दै उनीहरूले राजीनामा दिने धम्की सहितको चेतावनी सरकारलाई दिएका हुन् ।
सरकारी चिकित्सक सङ्घ (गोदान)ले पत्रकार सम्मेलन गर्दै सरकारी चिकित्सकहरूको समायोजन प्रक्रिया नै गैरकानुनी रहेको भन्दै त्यसविरुद्धका आन्दोलनका कार्यक्रम अघि सारेको जानकारी गराएका छन । अध्यक्ष डा. दीपेन्द्र पाण्डेले ११ औँ तहसम्मका चिकित्सकलाई प्रदेश र गाउँपालिकामा नै खुम्चाउने र सरुवा, बढुवा नगर्ने नियतले समायोजन गर्न खोजिएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले गत पुस २९ गते चिकित्सकहरुसँग गरेको सम्झौतामा सबै चिकित्सकलाई केन्द्रअन्तर्गत राख्ने र मन्त्रालयले आवश्यकताअनुसार विभिन्न ठाउँमा खटाउने उल्लेख छ । तर, सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरु फेरि आन्दोलन गर्नु परको कुरा समेत बताइएको थियो ।
Post a Comment