विराटनगर र विराटनगरका एक होटल सञ्चालकले मध्यरातमा आफ्नै व्यवसायीक साझेदारमाथी निर्घात कुटपिट गरेका छन् । विराटनगर महेन्द्र चोकमा सञ्चालित टेन एलाभेन रेष्टुरेन्टका सञ्चालक मध्येका एक किरण लामा सहित तीन जनाले अर्का साझेदार प्रल्लाहद गुरागाईलाई निर्घात कुटपिट गरेका हुन् ।
शुक्रवार मध्यरातमा विराटनगर महेन्द्र चोक बस्दै आएका किरण लामा, पेप्सी लामा र झापा दमकका पर्वत खड्काले निर्घात कुटपिट गरेका हुन् । कुटपिटमा संलग्नले राती करिब साढे ११ बजे होटलमै बन्धक बनाएर कुटपिट गरेको खबर पाएपछि पुगेको प्रहरी टोलीलाई समेत अवरोध गरेका थिए । अवरोधका कारण उद्धारकालागि पुगेको प्रहरीलाई भित्र पस्न समेत हम्मे हम्मे परेको थियो ।
जवरजस्ती होटल भित्र प्रवेश गरेको प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई नै नियन्त्रणमा लिएर गुरागाईको उद्धार गरेको थियो । कुटपिटमा संलग्न पेप्सी लामा किरणका आफन्त हुन् । पर्बत होटलमा काम गर्ने मजदुर हुन् । ‘प्रहरी टोली पुग्दा सुरक्षा गार्ड समेत भित्र राखेर गेट बन्द गरेका थिए ।’ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले भने ‘ उद्धारकालागि पुगेको प्रहरीलाई भित्र पस्न अवरोध गरे ।’ पक्राउ परेका तीन जनालाई मोरङ प्रहरीले अभद्र व्यवहार अन्तरगत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
जाहेरी परेन्, प्रतिवेदनका आधारमा मुद्दा
करिब १ बर्ष अघि सञ्चालनमा आएको टेन एलाभेन रेष्टुरेण्टले पछिल्लो समय राम्रो व्यापार गरिरहेको छ । रेष्टुरेन्टको गुरागाई र लामा सहित चार जना साझेदार छन् । पछिल्लो समय होटलको व्यपार राम्रो हुदै गएपछि लामाले गुरागाईलाई निकाल्ने प्रयास गरिरहेका थिए । शुक्रवार सबै ग्राहक गएपछि बन्द गर्ने बेलामा बन्धक बनाएर कुटपिट गरेपनि गुरागाईले प्रहरीमा जाहेरी दिएका छैनन् ।
आफ्नै व्यवसायीक पाटनर भएका कारण उनले जाहेरी नदिएका हुन् । पीडितको जाहेरी नपरेपनि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलाएको छ । मुलुकी फौजदारी संहिता २०७४ अन्तरगत अभद्र व्यवहार मुद्दामा पाच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
लामालाई मुद्दा नचलाई मिलापत्र गराउन शनिवारदेखि केही ब्यक्तीको समुहले पावरको प्रयोग गर्दै प्रहरीलाई दबाव दिइरहेको स्रोत बताउछ । आइतबार पीडित गुरागाई सहितको समुह मिलापत्रकालागि प्रहरीमा पुगेको थियो । तर घटना गम्भिर भएकाले प्रतिवेदनकै आधारमा मुद्दा दायर गरिएको प्रहरी स्रोत बताउछ ।
को हुन लामा
छाटो समयमा धेरै आर्थिक प्रगती गरेका लामा सामान्य परिवारमा हुर्किएका व्यक्ती हुन् । केही बर्षयता मिटरब्याजमा समेत सकृय रहेका लामाले बैंक एकाउण्ट समेत नखोलेको उनी निकटहरु बताउछन् । कुनै समय पर्शुराम बस्नेतस“ग घनिस्ट भएका लामाले राम्रो आर्थिक हैसियत बनाए थिए । पछिल्लो समय कारमा हिड्ने लामा बस्नेतबाट पनि टाढिदै गएको उनी निकट स्रोत बताउछ । तत्कालिन एमाले निकट युवा संघस“ग आवद्ध रहेका लामाले छुट्टै समुह पनि सञ्चालन गरिरहेको स्रोतको दाबि छ । खबर पुर्वान्चल डट कमबाट
Post a Comment