Websoft University

धावनमार्गमा समस्या आएपछि केहिबेर विमान आकाशमै




काठमाडौँ, असोज २ गते । रातो तारा डट कम, धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ ।

रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उहाँले उल्लेख गर्नुभयो । खासगरी वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.