बिराटनगर,असोज १ गते । रातो तारा डट कम,नेपालको संविधान जारी भएको तेस्रो वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गर्न लागि रहेको यस पावन अवसरमा १ नम्वर प्रदेश सरकारले सम्पुर्ण जनता पेसा कमीर्, सुरक्षा कर्मी, संन्चार कमीर्, शिक्षा कर्मी, संघस्था र आम जनता समेतलाई आवान गर्दै सो दिन स्थानिय शहिद रगशालामा भेला भइ भव्य रुपमा असोज ३ गते बिभिन्न कार्यक्रमहरु गरेर संविधान दिवस मनाउने भएकोछ ।
आज १ नम्वर प्रदेशको राजधानी बिराटनगरमा रहेको आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरेर संविधान दिवस तीन दिन स्म्म मनाउने कुराको जानकारी गराइएको थियो ।
आन्तरीक मामिला तथा कानुन मन्त्री श्री माननीय हिकमत कार्कीले कार्यक्रममा पत्रकारहरुलाई जानकारी गराउदै,यो संविधान देशको मुल कानुन भएकाले यो संविधान दिवस सबैको हो, भन्ने आम जनताले अनुभुति गर्ने गरी प्रदेश सरकारले पहिलो चोटी भव्यरुपमा मनाउन लागेको समेत बताउनु भयो ।
त्यसैगरी अन्त्यमा मन्त्री कार्कीले सूचना तथा संन्चार मन्त्रालय पनि यसै मन्त्रालयमा परेकाले सबै पत्रकार साथिहरुले भव्य प्रचार प्रशार गरेर सहयोग गर्न भन्नु भयो ।
प्रदेश नम्वर १ का मुख्य सचिव केदार प्रसाद न्यौपाने, आन्तरीक मामिला तथा कानुन मन्त्रालय सचिव गोपाल पराजुली,बिराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमार दाहाल समेतले आ आफना बिचार धारणाहरु राख्दै आफुहरुले पाएको कामको जिम्वेवारी पुरा गर्ने बताउनु भयो ।
१ नम्वर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईको अध्यक्षतामा यहि भाद्र २८ गते बसेको बैठकले ५०१ सदस्य मुल समारोह समिति गठन भएको कुरा समेत कार्यक्रमबाट मात्र जानकारी भयो ।

Post a Comment