Websoft University

मतदान अधिकृतहरुलाई बिराटनगरमा दुई दिने प्रशिक्षण


बिराटनगर असार ७ गते । रातो तारा डट कम,असार १४ गते हु लागेको निर्वाचनलाई लक्षित गरी विराटनगरमा आजदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

जिल्लाका खटिने १३ सय मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई मतदान प्रक्रिया बारे जानकारी गराउन दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएकोहो ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेल उद्घाटन गर्दै मोरङका स्थानीयतहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले निर्वाचनलाई लक्षितगर्दै मोरङमा तीन तहमा सुरक्षा व्यवस्था मिलाइएकाले निर्भयका साथ मतदान केन्द्रमा गएर मतदान गर्न सवैसंग आग्रह गरे ।

विराटनगरको वीरेन्द्र सभागृह, नगरपालिकाको सभाहल एव जिल्ला समान्वय समितिको सभाहलमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.