Websoft University

एक पछि अर्को चलचित्र मदनको हातमा



काठमाडौ जेठ २४ गते । रातो तारा डट कम,निर्देशक मदन घिमिरे एक पछि अर्को चलचित्र निर्देशन गरिरहेका छ । “व्वाई फ्रेण्ड ”चलचित्र प्रदर्शनको तयारीमा रहेका बेला कमेडी चलचित्र “काउसो ” चलचित्रको पनि छायाँङ्कन सकेर सम्पादन कार्यमा रहेको छ ।

त्यस्तै भदौ १५ गते बाट अर्को चलचित्र “ कहाँ छौ तिमी ” निर्माण थालिने निर्देशक मदन घिमिरेले बताए । उत्त चलचित्रलाई राजेन्द्र बस्नेतले निर्माण गर्न लागेका हुन । त्यस्तै अर्को चलचित्र “कहाँ छौ तिमी ” को सुटिङ सकिए लगत्तै “ सिस्नु ”चलचित्रको सुटिङ हुने निर्देशक घिमिरेले बताए ।

हाल मदन “सिस्नु” चलचित्रको कथा लेखन कार्यमा व्यस्त रहेका छन् । एक्सन ,लभ स्टोरी पारिवारिक जस्ता सफल चलचित्र बनाई सकेका मदन हरेक फिल्म फरक खाल्को बनाउने गर्दछन् छन् । हाल निर्माण भएका र हुन लागेका चलचित्र पनि फरक र मन छुने खाल्को भएको घिमिरेले दावी गरेका छन् । माया नमार ,माया बसेछ ,दोष्ती लगाएत उन्का ५१ दिन मनाउन सफल भएका चलचित्र हुन  ।

मदन घिमिरे राम्रा गीतकार,साहित्यकार पनि हुन । उन्का प्राय गीत हिट भएका छन् । माया नमार,दोस्ती फिल्मका टाईटल गीत आज पनि उतिकै जनमानसमा  गुञ्जिरहेको छ । कतिपय राम्रा चलचित्र निर्देशक फिल्म नपाएर त्यतिकै बसिरेका छन् । कोही निर्माताको खोजिमा भौतारिरहेका छन् तर मदनलाई भने भ्वाई नभ्याई छ ।

चलचित्र लेखन र निर्देशनमा व्यस्त रहेका मदनलाई २०७४ साल निकै फापेको देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.