काठमाडौं माघ १२ गते।
विद्युत चोरी गरेको आरोपमा प्रहरीले फेरी नेपाल विद्युत प्राधिकरणका तीन कर्मचारीलाई पक्राउ गरेको छ ।
विद्यतु चोरी गरेको आरोपमा पक्राउ परेका १२ जना कर्मचारीको सूचनाको आधारमा थप तीन कर्मचारी पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ पर्नेहरुमा मिटररिडर पदमराज जोशीसहित ३ जना रहेका छन् ।
उनीहरुले ग्राहकसँग मिलेमतो गरी विलअनुसार विद्युत महसुल नउठाई रकम लिएर विद्युत चोरीमा सघाउने गरेको खुलेपछि महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो।
महाशाखाले यसअघि मिटररिडर महादेव प्रधान, ओम ढुंगाना र मनिज श्रेष्ठ, सुपरभाइजर सुमन श्रेष्ठ, वरिष्ठ सहायक दिलबहादुर साउद, पूर्व कर्मचारी टहलबहादुर कार्की लगायतकालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
Post a Comment