इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिनुभएको छ । चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उहाँ अगाडि देखिनु भएको हो ।


अघिल्लो निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर जीत हासिल गर्नुभएको थियो । उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी ५ हजार १ सय ८८ मतान्तरले विजयी हुनुभएको थियो । अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको थियो । भगबती चौधरी अघिल्लो चुनाबमा देशभरमै सबैभन्दा बढि मत ल्याएर जित्ने महिला हुनुहुन्छ । 


चौधरीले प्रत्यक्षतर्फ ४० हजार ७ सय ८८ मत ल्याउँदा समानुपातिक तर्फ नेकपा एमालेले ३३ हजार ९ सय २ मत प्राप्त गरेको थियो । यो तथ्याँकले देखाँउछ सुनसरी–३ भगबती चौधरीको व्यक्तिगत प्रभाव बलियो रहेको क्षेत्र हो ।

“११ हजार मतान्तरले जित्छौँ”— कमाण्डर बस्नेत

नेकपा एमाले सुनसरी–३ निर्वाचन परिचालन कमिटीका कमाण्डर लिलम बस्नेतले यस पटक ११ हजार मतान्तरले जीत हासिल गर्ने दाबी गर्नु भएको छ । अघिल्लो निर्वाचनमा ५ हजार १ सय ८८ मतान्तरले जितिएको स्मरण गराउँदै उहाँले यसपटक दोब्बरभन्दा बढी मतान्तर हुने दावी गर्नुभयो । एमालेको मजबुत संगठन, एकजुट रूपमा सञ्चालन गरिएको चुनावी अभियान, चौधरीको व्यक्तिगत प्रभाव र विकासप्रेमी छविका कारण ठूलो मतान्तर आउने बस्नेतको दाबी छ ।

विकासप्रेमी छवि र प्रतिबद्धता

भगबती चौधरीले फरवार्ड लघुबित्त मार्फत ५० हजार बढी महिलालाई स्वरोजगार बनाउनुभएको छ । करिब २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएकी चौधरीले ५ अब हजार जना लाई रोजगार बनाउने प्रतिबद्धता जनाउनु भएको छ । दातृ संस्थाको सहयोगमा सुनसरी–३ का विपन्न, दलित तथा एकल महिलालाई २ सय ७५ घर निर्माण गरिदिएको र आगामी दुई वर्षभित्र थप ४ सय घर निर्माण गर्ने उहाँकाे प्रतिबद्धता छ । सांसद भएको तीन वर्षको अवधिमा सुनसरी ३ मा मात्रै १ अर्ब २१ करोड रुपैयाँ बराबरका विकास योजना ल्याएको उल्लेख गर्दै बाँकी अधुरा काम पूरा गर्न र नयाँ योजना अघि बढाउन पुनः अवसर दिन मतदातासँग चाैधरीले अपिल गर्नु भएको छ । ‘०७९ सालमा ५ वर्षका लागि निर्वाचित भएकाे गएकाे थिए, ५ वर्ष पुरा कार्यकाल काम गर्न पाएकाे भए त्यस बेलाका धेरै प्रतिबद्धताहरू पुरा हुने थिए । अब पुनः जितेर गएर ती प्रतिबद्धताहरू पुरा गर्छु । कामकाे पूर्णताकाे लागि पनि मेराे उम्मेदवारी हाे ।’ चाैधरीले भन्नुभयाे । 

चौधरीले आफूले गर्न नसक्ने झुटा आश्वासन नदिने, अन्य उम्मेदवारको अनावश्यक आलोचना नगर्ने, भ्रष्टाचार नगर्ने र सुशासनका लागि दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संसदमा सक्रिय रूपमा जनताको आवाज उठाउने नेतामध्ये आफू एक भएको दाबी गर्दै उहाँले सुनसरी–३ का मुद्दा बुलन्द रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गर्नुभयो ।

मतदाता संरचना र क्षेत्रगत अवस्था

सुनसरी–३ मा इटहरी उपमहानगरपालिकाका १० वडा, दुहबी नगरपालिका, बर्जु र गढी गाउँपालिका तथा इनरुवा नगरपालिका–७ समेटिएका छन् । कुल १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्, जसमा ६९ हजार १२ पुरुष र ६५ हजार २ सय ९० महिला छन् । उमेर समूह अनुसार ४१ देखि ६० वर्षका ५१ हजार १ सय ५३ मतदाता सबैभन्दा बढी छन् भने १८ देखि २५ वर्षका १० हजार २ सय ६० मतदाता सबैभन्दा कम छन् ।