Websoft University

तत्काल सरकार परिवर्तन हुदैन—प्रधानमन्त्री ओली

 ’ 


मोहन राई -संखुवासभा, २६ कात्तिक । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताउनुभएको छ । 

बुधबार संखुवासभाको जिल्लाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । पूर्वी नेपालको चीनसंग सिमाना जोडिएको हिमाली जिल्ला संखुवासभा जिल्लाको उत्तरदक्षिण कोशी सडक आयोजनाको कोशी कोरीडोर र सिमा सुरक्षा पोष्ट (विओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत्त आयोजनाको अनुगमन गर्न हेलिकप्टर मार्फत संखुवासभा आउनु भएका प्रधानमन्त्री ओलीले जनताको जनमतद्धारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैको रहर हर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

कार्यत्रमलाई सम्बोधन गर्नुहुर्दै प्रधानमन्त्री ओलीले दुई बर्ष अगाडि आफैले किमाथांका नाका चाँडै संचालनमा ल्याउने र भारतको जोगमुनी देखि किमाथांका सम्मको ३ सय ९० मिटर उत्तरदक्षिण कोशी सडक आयोजनाको कोशी कोरीडोर दुइलानको सडक बिस्तार गरि संचालन गर्ने देखेको सपना बिस्तारै पूरा हुदै गएको बताउनुभयो । उहाँले सडक बिस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किमि सडक बिस्तार गर्न अत्यन्तै कठिन र ठूलाठूला ढुङ्गा भएकाले बिस्तारमा समस्या देखेपछि नेपाली सेनालाई जिम्मा लिइएको छ । र अब चाँडै ट्रयाक ओपन सम्पन्न हुने विश्वास लिएको बताउनुभयो । ‘यो किमाथांका नाका मानवबस्ती भएको र बाह्रै महिना संचालन गर्न सकिने नाका हो । त्यसैले यो कोशीकोरीडोर अत्यन्तै महत्वका साथ हेरिएको छ । मैले यो सडक र नाकाका बारेमा चासो राख्नुका साथै अत्यन्तै महत्वका साथ हेरेको छु । त्यसैले स्थलगत रुपमा हेर्न समेत आएको छु ।’–प्रम ओलीले भन्नुभयो–‘यो सडकले सबै समृद्धि र बिकासमा परिवर्तन ल्याउने निश्चित छ । हिजो यहि ठाउँ दुर्गम थियो, अहिले सडक बिस्तारले सुगम बन्र्दै गएको छ । अब किमाथांका नाका संचालनमा ल्याएपछि छिमेकी मुलुकका दुई ठूला राष्ट चीन र भारतसंग ब्यापारिक सम्बन्ध नजिक बन्छ । त्यसले हाम्रो जीवनयापनमा समेत सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिकाको च्याम्ताङमा हेलिकप्टर अवतरण गरेर कोशीकोरीडोरको अवलोकन गर्ने भनिएपनि हेलिकप्टर बस्न समस्या आएपछि हेलिकप्टरबाट नै अनुगमन गरेका थिए । बिहान करिब ९ बजे तिर काठमाडौबाट उडेको हेलिकप्टर किमाथांकाको भ्रमण पछि अरुण तेस्रो डयामस्थल फ्याक्सिन्दामा करिब साढे ३ः४० बजे काठमाडौ फर्किएका थिए । प्रधानमन्त्री ओलीसंगै हेलिकप्टरमा उहाँको श्रीमती राधिका शाक्य, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम लगायत हेलिकप्टरबाट आएका थिए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.