Websoft University

पथरीशनिश्चरेमा कोरोना परीक्षण सुरु (भिडियो सहित)


गोपाल काफ्ले पथरी, बैशाख ३  गते । रातो तारा डट कम,मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ ।  नगरको निगरानीमा रहेका उनिहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको ।

होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई टेस्ट गर्ने तयारी रहेको छ । परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने निर्णय हुने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो ।

नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा राखिएको
थियो । क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किसकेका छन् । बुधबारबाट पहिलो चरणको परीक्षण सुरु भएको टेष्टमा नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.