Websoft University

अबैधानिक ढुङ्गा उत्खनन गर्ने ३ ट्याक्टर सशस्त्र प्रहरी को नियन्त्रणमा


शिव भट्टराई, पुस २७ गते । रातो तारा डट कम,मोरङको केराबारी गाउँपालिका वाड नं १० स्थित हचुवा खोला नजिकै चुरे बन क्षेत्रमा अबैधानिक रुपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बेसक्याम सलकपुरका सशस्त्र पहरी निरीक्षक बिदुर भट्टराई को कमाण्डमा सहायक निरीक्षक कुमार लम्साल सहित खटिएको मोबाइल गस्ती टोलि ले ३ ओटा ट्याक्टर सहित चालक लाई नियन्त्रण मा लिएको छ। सरकारले चुरे बन क्षेत्रमा ढुङ्गा गिटि वालुवा झिक्न रोक लगाएको छ तर कानुन लाई समेत बेवास्ता गरि प्रहरी र प्रशासन को आँखा छली उत्खनन गर्दा गर्दै सशस्त्र प्रहरीले ३ जना लाई रङेहात प्रकाउ गरेको हो।



प्रकाउ गरेका ट्याक्टर र चालक लाई कानुनी कार्वाहीका लागि सब-डिभिजन बन कार्यलय सलकपुर लाई बुझाएको सशस्त्र प्रहरी बेस क्याम सलकपुरका निरीक्षक बिदुर भट्टराई ले जानकारी दिनु भयो। केही समय अगाडि पनि सशस्त्र प्रहरी सलकपुर ले ५ ओटा ट्याक्टर लाई नियन्त्रणमा लिएको हो। चुरे संरक्षण प्राकृति दोहनलाई नियन्त्रण गर्न कुनै कसर पनि बाकी नराखि मोबाइल गस्ती लाई अझ कडाइ गरि प्रक्रिया अगाडि बढाइरहेको नदिजन्य छेउमा तस्करी को अखडा बड्दै गएकाले यस्लाइ कडाइका साथ लगेर प्रकृतिको रक्षा गर्न सशस्त्र प्रहरी द्वारा कुनै पनि कमी हुन नदिने निरीक्षक बिदुर भट्टराई ले बताउनु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.