Websoft University

वृद्दगंगा सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको छैठौं वार्षिक साघारण सभा सम्पन्न्न।


शिव भट्टराई,मोरङ । रातो तारा डट क,मोरङको सुन्दरहरैचा ४ मा  रहेको वृद्दगंगा सम्वृद्धि बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो छैठौं बार्सिक साधारण सभा सप्पन्न  गरेको छ।  शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव ढकालले बोल्दै अहिलेका नयाँ पुस्ताहरु लाई सेयर सदस्य बितरण गर्ने र आघुनिकिकरण गरि अगाडि लैजानु पर्ने बताएका थिए।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि सुन्दर हरैचा नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ ले बोल्दै संस्थाले आफ्नु मात्रै नभएर सेयर सदस्यहरूको पनि स्तर उन्नति भए मात्रै संस्था अगाडि बढ्ने बताएका थिए।कार्यक्रममा सोही संस्थाका अध्यक्ष बुधराज कट्टेलको सभापतित्व रहेको थियो भने संस्थाका उपाध्यक्ष सूर्य प्रसाद कट्टेलले स्वागत मन्तव्य राखेका थिए।यस्तै कार्यक्रममा जनप्रतिनिधि लगायत बुद्धिजीवी समाजसेवि र सहकारी बिज्ञहरु को उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सस्थाले सेयर सदस्य हरु मध्धे बाट असल बचत कर्ता तर्फ राजन कुमार बास्तोला , उत्कृष्ट बचत कर्ता तर्फ गणपति बास्तोला, असली ऋणि तर्फ शंखरध्वज गुरुङ , उत्कृष्ठ कर्मचारीहरु शुशिला दाहाल,विमला कट्टेल गेलाल लगायतलाई सम्मान गरेको थियो भने सो कार्यक्रम को सञ्चालन संस्थाका सचिब याम बास्तोलाले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.