Websoft University
July 2025


बिराटनगर २०८२ श्रावण १४ गते | राजविराज स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न ईच्छुक उद्योगीहरुका लागि उपलब्ध हुने सेवा, सुविधाका लगायतका विषयमा उद्योग संगठन मोरङ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा अन्तरक्रिया भएको छ ।

अन्तरक्रियामा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले वर्तमान समयमा नीजि क्ष्ँेत्रले उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा ठूलो रकम खर्च गर्नुपरिरहेकाले अन्य कुराको व्यवस्थापनमा कठिनाई सिर्जना हुदै आएको वताए । औद्योगिक क्ष्ँेत्रको आवश्यकतालाई मध्यनजर गरी संगठनले लामो समय देखि यस क्ष्ँेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकार समक्ष्ँ पहल गर्दै आएतापनि यसतर्फ खासै प्रगति नभएको चिन्ता व्यक्त गर्दै अध्यक्ष्ँ राठीले औद्योगिक क्ष्ँेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष्ँलाई यस विषयमा पहल गर्न आग्रह गरे ।

 उनले देशमा औद्योगिक उत्पादन भन्दा व्यापारमा आधारित अर्थतन्त्रले प्रश्रय पाएको वताउदै स्पष्ट नीतिगत ढाचा, सहुलियत र आवश्यक पूर्वाधार सहितको औद्योगिक क्ष्ँेत्र स्थापना भए लगानीकर्ताहरू आकर्षित हुने धारणा राखे ।

औद्योगिक क्ष्ँेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष्ँ बाबुराम पन्तले गजेन्द्र नारायण औद्योगिक क्ष्ँेत्र भित्र मझौला तथा साना उद्योगका लागि ८९.९१ रोपनी जग्गा विकसित गरिएको वताए । उनले क्ष्ँेत्र भित्र न्युनतम ५ रोपनी देखि अधिकतम ८ रोपनीसम्मका प्लटहरु रहेको, कालोपत्रे सडकको व्यवस्था भएको, २४ सै घण्टा बिद्युत आपूर्तीको सुविधा रहेको, छुट्टै सब–स्टेशनको व्यवस्था भएको जानकारी गराउदै उद्योग प्रयोजनका लागि ४० वर्षको लिज सम्झौता गर्न सकिने जानकारी गराए ।

हाल १२ वटा विभिन्न उद्योग सञ्चालनमा रहेको औद्योगिक क्ष्ँेत्र भित्र उद्योगको मिल मेशिनरी वा स्थिर सम्पत्ती बैंक वा वित्तिय संस्थामा राखी कार्यालयको सिफारिसमा कर्जा लिन सकिने स्पष्ट पार्दै जमिन भाडा प्रति रोपनी प्रति वर्ष रु १३ हजार ८सय एकानब्बे ५०पैसा तय गरिएको वताए । मझौला र साना उद्योग स्थापनामा लागि प्रचुर सम्भावना रहेको सो औद्योगिक क्ष्ँेत्रमा उद्योग स्थापनाका लागि उनले उद्योगी व्यवसायीलाई अनुरोध गरे ।

 गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मनिष कुमार मिश्रले जग्गा, भवन वहाल लिन ईच्छुक उद्योगी व्यवसायीहरुले श्रावण २१ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने वताउदै उनले उद्योगले कुनै कारण परी क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएमा भाडामा लिएको जग्गामा उद्योग आफैँले निर्माण गरेको भवन तथा भौतिक संरचना, मिलमेशिनरी जस्ता सम्पत्तिहरु स्वीकृति लिएर अन्य उद्योगलाई स्वामित्व हस्तान्तरण गरी बेचबिखन गर्नसक्ने जानकारी गराए । .

अन्तरक्रिया कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, सुन्दरहरैचा, झुम्का उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च विराटनगरका प्रतिनिधिहरु, संगठनका कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।


विराटनगर साउन १३ गते । पहिलो नेपाल ग्रासरुट क्रिकेट महोत्सव २०८२ विराटनगर–६ स्थित मेरीलेबोन ज्वालाक्रिकेट मैदानमा सम्पन्न भएको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरीलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट बाउण्ड्रीजको सहकार्यमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धनमा कार्यक्रम सम्पन्न भएको हो ।

महोत्सवको उद्देश्य कोशी र मधेश प्रदेशका विभिन्न हबबाट खेलाडीहरुलाई सहभागी गराई नेपालको ग्रासरुट स्तरको महिला क्रिकेटलाई प्रवद्र्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाइको अवसर सृजना गर्नु नेपाल क्रिकेट फाउण्डेशनका संस्थापक अध्यक्ष अविशेक श्रेष्ठले बताए । कोशी प्रदेशका विराटनगर, सुनसरी (टरहरा), उदयपुर, पथरी र मधेश प्रदेशका सिरहा र राजविराजबाट छ वटा हबबाट ८२ जना बालिकाहरूको सक्रिय सहभागिता रहेका थिए ।  महोत्सवभर ८ ओभरको सफ्ट बल क्रिकेटका १३ वटा खेलहरू विहानैदेखि दिउँसोसम्म सञ्चालन गरिएको थियो । हरेक हबले एकअर्कासँग खेल खेल्ने अवसर पाएका थिए ।

प्रतियोगितात्मक रूपमा पहिलो र दोस्रो स्थान निर्धारण गरिएको थिएन । यो महोत्सवको उद्देश्य क्रिकेटको उत्सव मनाउने र बालिकाहरूलाई खेलमा सहभागी गराउने रहेको को अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा उत्कृष्ट हुने छात्रा खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान क्रिकेट विकास समिति सदस्य अल्विन बस्नेत, मोरङ जिल्ला क्रिकेट संघका महमद साद कुरेशी, क्यान महिला क्रिकेट विकास समिति सदस्य जिना श्रेष्ठ, क्रिकेट विथाउट बाउण्ड्रीजकी सारा बेग र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले प्रमाणपत्र वितरण गरे ।


 


बिराटनगर साउन १३ गते |  जनार्दन मैनाली पत्रकारिता पुरस्कार २०६६ बाट सुरू भएको हो | यो १७अेो पटकको पुरस्कार रू १५५५५, रासीको यो पुरस्कार मोरङका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासघ कोशी प्रदेशका  कोषाध्यक्ष पत्रकार सुदिप कोइराला सम्मानित हुनुभएकोछ | कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिकमत कुमार कार्कीले उदघाटन र पुरस्कार बितरण गर्दै,आफनो कुरा राख्नुहुदै सदिपलाइ बधाइ दिनुभयो | स्व,जनार्द मैनाली की धर्मपत्नी कमला मैनानी, वहाका २ छोराको उपस्थिति रहेको थियो | कार्यक्रममा बिभिन्न वक्ताले बोल्नुभएको थियो | कार्यक्रको अध्यक्षता  प्रेस चेोतारी मोङकी अध्यक्ष चिना थापाले गर्नु भएको थियो |


विराटनगर साउन  ११ गते | नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियानले प्रदेश १ मा तीव्रता पाएको छ । 

क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत, र बाँध निर्माण जस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ । अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ ।

अभियान अन्तर्गत वाइसीएल नेपाल ताप्लेजुङ जिल्ला समितिले श्रीजङ्घा गाउँपालिकाको मामाङ्खे र पेदाङमा एक हजारभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाथोकी (पराग) लगायत वाईसीएलका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको उपस्थितिमा सयौँ युवाहरूले वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए ।

त्यसैगरी, झापामा पनि वाईसीएलले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित बौद्ध दाहसंस्कार व्यवस्थापन समिति चिलिमघाटमा बृहत् सरसफाइ कार्यक्रम आयोजना ग¥यो । स्थानीय पार्टी नेता–कार्यकर्तासहित २७० जनाभन्दा बढीको सक्रियतामा २५० भन्दा बढी बिरुवा रोपिएको छ । कार्यक्रममा पार्टीका जिल्ला संयोजक राजु आचार्य, प्रदेश सदस्य रोशन तिम्सिना लगायतका नेताहरूको उपस्थिति थियो ।

खोटाङमा वाईसीएलले हलेसीको होलेसुङ जनकराज राई मार्गको करिब १३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र झाडी सफा गर्ने काम गरेको छ । जसले स्थानीयको यातायातमा सहजता ल्याएको छ । यसका साथै, हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित गणेशटार खेलमैदानलाई पहिरोबाट जोगाउन बाँस, निलकाँडा जस्ता ५०० भन्दा बढी बिरुवा रोपिएको छ । वाईसीएल खोटाङका इन्चार्ज किसन राईले अभियानले युवाहरूलाई श्रमको महत्व बुझाउँदै उत्पादनशील कार्यमा संलग्न गराउने लक्ष्य राखेको बताए । तीन दिनसम्म चलेको श्रमदानमा ११० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

उदयपुरमा वाईसीएलले अभियानलाई थप व्यवस्थित बनाउँदै हरेक शनिबारलाई ‘श्रमबार’ का रूपमा मनाउने निर्णय गरेको छ । जिल्लाले विभिन्न स्थानमा बृहत् सरसफाइ र वृक्षारोपण कार्यक्रमहरू सम्पन्न गरेको छ । जसमा त्रियुगा नगरपालिकास्थित बैथुम्की डाँडा हिल स्टेसन, चुरे मन्दिर परिसर र मैनाहा क्षेत्र समावेश छन् । सबैभन्दा महत्त्वपूर्ण कार्यका रूपमा त्रियुगा–१ स्थित मैनाहा खोलामा बाँध निर्माण गरिएको छ । बर्सेनि बाढीले जनधनको क्षति गर्ने उक्त खोलामा बाँध निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । बाँध निर्माणमा वाईसीएलका निवर्तमान केन्द्रीय उप–महासचिव एबिराज राईलगायत २०० भन्दा बढी युवाहरूको सहभागिता थियो ।

पाँचथर जिल्लामा वाईसीएलले अभियानको औपचारिक उद्घाटन अघिदेखि नै श्रमसम्बन्धी कार्यहरू गर्दै आएको छ । यसवर्ष मात्रै स्कुल तथा गुम्बा सरसफाइ, किसानलाई धान रोप्न सहयोग, वृक्षारोपण, खेलमैदान मर्मत जस्ता दर्जनौं कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । जसले संगठनको निरन्तर क्रियाशीलतालाई दर्शाउँछ ।

समग्रमा वाईसीएल नेपालले प्रदेश १ मा आफ्नो ‘श्रम तथा उत्पादन’ अभियानमार्फत सामाजिक कार्यहरूमा दर्बिलो उपस्थिति जनाउँदै युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न सफल देखिएको छ ।


विराटनगर साउन ९ गते । विराटनगर–१० स्थित श्री संसारी माईस्थान संरक्षण समितिले सो माईस्थान परिसरको प्रारम्भिक चरणमा २० करोडको योजना बनाएर भौतिक संरचनाहरू निर्माण गर्ने तयारी थालेको छ । समितिका अध्यक्ष कृष्णप्रसाद मास्केको अध्यक्षतामा तालतलैयामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । गत साल माघ ७ गते सर्वोच्च अदालतले माईस्थान जग्गा ७० वटा भौतिक सम्पत्ति संरक्षण समितिको स्वामित्वमा रहने फैसला गरेपछि संरक्षण समितिले माईस्थान परिसर विकासका लागि योजना बनाउँदै आएको छ । समितिले तात्कालिन अवस्थामा २३ वटा मध्ये १९ वटा अस्थायी अतिक्रमण हटाउने निर्णय गरिसकेको छ भने केहीमा नोटिस जारी गरेर कानुनी प्रक्रिया अघि बढाइएको छ ।

समितिका उपाध्यक्ष हरिकृष्ण सिटौलाका अनुसार १११ वर्षअघिदेखि भूपू निवासी स्व. बिहारीलाल झुनझुनवाला दान दिएको ११ कट्ठा जग्गामा रहेको माईस्थान परिसर संरक्षण तथा भौतिक संरचना निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाइने योजना रहेको छ । उनले समितिको नाममा अन्तिम नामसारी समेत भइसकेको जानकारी दिए ।

समितिका अनुसार विगतमा उक्त सम्पत्तिमा ५ जना व्यक्तिले आ-आफ्नो नाममा नामसारी गरेका थिए । समितिले अदालतमा मुद्दा लडेर पुनः समितिको नाममा फिर्ता ल्याएको हो ।

बुधबारको बैठकमा उपस्थित हुनेमध्ये अधिकांशले अघिल्लो वर्षदेखि माई, संसारी माई र सिवानमाईका रहेको मूर्तिको संरक्षण आवश्यक रहेको बताएका छन् । माईस्थानमा रहेका गरिएका पश्चिम माई र बायाँ माईलाई गरिएको संसारी माईको सेवा पुनः फेरी गरिने र रहनुभएको मूर्तिहरूको संरक्षण गरिने प्रस्तावमा छलफल भएको छ । 

समितिका उपाध्यक्ष हरिकृष्ण सिटौलाले ५१ लाख १ हजार १११ रुपैयाँ, टिका उपत्यकाले ५१ लाख १ हजार १११ रुपैयाँ र श्रीनिवास सारडाले ५१ लाख १ हजार १११ रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा माईस्थानमा मन्दिरहरू निर्माण गर्न ५ लाखभन्दा धेरै दुईजना जनाले दान दिने प्रतिबद्धता जनाएका छन् ।

समितिका अनुसार स्वामित्वमा मास्केको नेतृत्वमा नगरपालिकाले बेलबुटे गेट निर्माण गरिने, संरक्षण मन्दिर, धर्मशाला, पाथवे, फोहर व्यवस्थापन केन्द्र, यात्री जोनको निर्माण कार्य अघि बढाइनेछ । उदघोषबाट...


बिराटनगर २०८२ साउन ९ गते | उद्योग संगठन मोरङले सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्ष्ँेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धता हुनु पर्नेमा जोड दिएको छ ।

 उद्योग संगठन मोरङका अध्यक्ष्ँ नन्दकिशोर राठीले नवनिर्वाचित कार्यसमितिको स्वागत गर्दै मौजूदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि व्यवसायीक संस्थाहरुको एकजुट हुनुपर्ने आवश्यकता औल्याए । उनले आर्थिक समृद्धिका लागि नीजि क्ष्ँेत्रको विकास अपरिहार्य रहेको वताउदै आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि नीजि क्ष्ँेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामुहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिए ।

 भेटघाटमा सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष्ँ गोपाल श्रेष्ठले उद्योग व्यवसाय क्ष्ँेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्ष्ँेत्रले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे । उनले सरकार र नीजि क्ष्ँेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गतिलिने वताउदै उद्योग व्यवसाय क्ष्ँेत्रका मुद्दाहरुमा संस्थागत ऐक्यवद्धतामा जोड दिए ।    

 सुनसरी उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष्ँ विजय श्रेष्ठले नीजि क्ष्ँेत्रको सवलीकरणका लागि राज्य समक्ष सामुहिक रुपमा पहलगरी व्यवसायीक विकासको पक्षका सकारात्मक वातावरण वनाउनुपर्ने विचार व्यक्त गरे ।

 कार्यक्रममा उद्योग संगठन मोरङ र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति सदस्यहरु र महिला उद्यम समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।


विराटनगर साउन ९ गते | सार्वजनिक लेखा समितिका सभापति माननीय ऋषिकेश पोखरेलले समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको बताएका छन् । प्रेस चौतारी नेपाल, जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले समितिले सार्वजनिक सरोकारका महत्वपूर्ण विषयमा निर्णय गरेर कार्यान्वयनमा ल्याएको जानकारी गराए ।

उनका अनुसार सार्वजनिक लेखा समिति सरकारी खर्चको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्ने संवैधानिक संरचना हो । मुलुकको वित्तीय अनुशासन कायम राख्न, करदाताको पैसाको सदुपयोग गर्न र राज्यको सम्पत्तिको दुरुपयोग रोक्न समिति सक्रिय रहेको उनले बताए। “काम गर्ने क्रममा अनगिन्ती चुनौती र विवाद आए पनि सुधारका कोसिसहरू गरिएको छ,” पोखरेलले भने, “जसले नेपालको लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक लेखा समितिको भूमिकालाई अझ महत्वपूर्ण बनाएको छ ।”

सभापति पोखरेलका अनुसार सार्वजनिक वित्त व्यवस्थापनमा बेरुजु वर्षौंदेखि ठूलो चुनौतीका रूपमा देखिँदै आएको छ । उनले भने, “महालेखा परीक्षकको ६० औँ प्रतिवेदनले ५ खर्ब ८७ अर्ब ३४ करोड बेरुजु देखाएको थियो। पछिल्ला दुई वर्षमै यो बढेर ७ खर्ब ३३ अर्ब १९ करोडसम्म पुगेको छ । कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकमसमेत जोड्दा जम्मा बेरुजु १२ अर्ब ८४ करोड २१ लाख पुगेको छ ।”

समितिले २२ महिनामा गरेका कामको चर्चा गर्दै पोखरेलले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयसँग मात्र ४३ अर्बभन्दा बढी बेरुजु बाँकी रहेको बताए।  समग्रमा बेरुजु फछ्यौट नगर्दा राज्यको ढुकुटीमा ठूलो दबाब परेको र करदाताको पैसामाथि प्रश्न उठिरहेको उल्लेख गरे ।

सभापति पोखरेलले महालेखा परीक्षकको कार्यालय, सार्वजनिक लेखा समिति र सरकारबीचको समपरीक्षण विषयमा देखिएको तीव्र अन्तर्विरोध, सरकारी ढुकुटीको प्रयोगमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको निष्क्रियता, ढिलासुस्ती र कारबाही प्रक्रियामा देखिएका कमजोरीहरूका कारण चुनौती थपिएको बताए। तर पनि समितिले महालेखा परीक्षक, संसदका महासचिव, मुख्य सचिव, अर्थ सचिव र कानुन सचिव सम्मिलित संयन्त्र बनाएर कानुनी समस्या हल गर्ने प्रयास गरेको जानकारी दिए ।

बेरुजु फछ्यौटका लागि अचुत मैनालीको नेतृत्वमा समिति गठन गरेर सक्रियता देखाइएको र सार्वजनिक महत्वका विषयमा सामूहिक निर्णय गर्ने अभ्यास पनि सुरु गरिएको उनले बताए । समितिको छलफल र निगरानीकै आधारमा महालेखा परीक्षकको कार्यालयले १४ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ राज्य कोषमा दाखिला गरेको, जसले बजेट प्रणाली, सार्वजनिक सम्पत्ति व्यवस्थापन र राजस्व असुलीमा सुधारका संकेत देखाएको पनि पोखरेलले बताए ।

सार्वजनिक लेखा समितिले बेरुजु मात्र होइन, उच्च सार्वजनिक चासोका विषयमा पनि बहस र निर्णय गरेको छ। सुन तस्करी प्रकरणमा छानबिनको आदेश दिँदा देशको सुरक्षा र न्याय प्रणालीमा ठूलो चर्चा भएको, आईपीओ र धितोपत्र बजारमा ९०% नेटवर्थको ग्यारेन्टी जस्ता निर्णयले लगानीकर्ताको सुरक्षामा सहयोग गरेको उनले उल्लेख गरे । 

विमा क्षेत्रमा कुईट विमा फिर्ता गराउने, प्रिमियममा पुँजी जारी गर्न रोक लगाउने र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने जस्ता निर्णयले सुधार आएको उनको भनाइ थियो । लुम्बिनी रामग्राम क्षेत्रलाई ९९ वर्षे लिज दिएको निर्णय उल्टाएर राष्ट्रिय सम्पदाको संरक्षण गरिएको, रामदेवको ट्रस्टलगायतका संस्थाले दुरुपयोग गरेका जमिन फिर्ता गराउन प्रयास गरिएको र टेरामक्स प्रकरणमा अख्तियारलाई छानबिन आदेश दिएको पनि उनले बताए ।

एनसेलको राजस्व बक्यौता असुली, इन्टरनेट प्रदायक कम्पनीहरूको बक्यौता, नेपाल टेलिकम र स्वास्थ्य मन्त्रालयका ठूला टेण्डर, विद्युतीय उपकरण खरिदका अनियमिततामा समेत समितिले चासो देखाएको पोखरेलले बताए । उनले भने, “विद्युतीय ट्रान्सफर्मरहरू अलपत्र हुनु, जमिन खरिदमा अनियमितता र वितरण प्रणालीमा पहुँचको प्रश्न समितिले उजागर गरेको छ ।”

विद्युत प्राधिकरणको ट्रायल पिरियड, टोड डाटा मिटर नहुनु, महँगो विज्ञापन खर्च, कर तिरेर बोनस वितरण जस्ता संवेदनशील विषयहरू समितिको निगरानीमा परेको उल्लेख गरे । 

सार्वजनिक लेखा समितिले सिमेन्ट, मल, दूध, फलामजस्ता अत्यावश्यक वस्तुको मूल्य अनुगमन, सिँचाइ र खानेपानी शुल्क सम्बन्धी निर्णय, राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्तीमाथि निर्देशन जस्ता विषयमा पनि निर्णय गरेको पोखरेलले जानकारी दिए ।

एनजिओ र आईएनजिओ नियमनका क्षेत्रमा समिति अझ कडा बनेको र संवेदनशील क्षेत्रमा लगानी रोक्ने, कार्य अवधि सकिएपछि सम्पत्ति राज्यलाई हस्तान्तरण गराउने र प्रगति विवरण सार्वजनिक गर्ने जस्ता निर्णयले पारदर्शिता र जवाफदेहिता बढाएको उनले बताए ।

सभापति पोखरेलले समितिको निर्णयहरूले सार्वजनिक वित्त प्रणालीलाई सुधार्ने दिशामा सकारात्मक संकेत देखाएको भए पनि अझै ढुकुटीको गैरजिम्मेवार परिचालन, कर्मचारीतन्त्र र नीतिनिर्माण तहमा स्वार्थ बाझिने व्यक्तिहरुको प्रभाव जस्ता चुनौती कायम रहेको बताए ।

उनले समितिले उठाएका प्रश्न र गरेको निगरानीले करदाताको पैसाको रक्षाका लागि लोकतान्त्रिक प्रणालीभित्रै सुधार आवश्यक रहेको बताउँदै यस यात्रामा समिति मात्र होइन, संसद, कार्यपालिका, कर्मचारीतन्त्र र सम्पूर्ण नागरिक समाजको सचेत भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।


विराटनगर, साउन ९ गते । तालुक नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८२ साउन ५ गतेको पत्रद्वारा जनपद समुह तर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूचीमा पर्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

 कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई यस कार्यालयमा रहदा बस्दा पुर्‍याउनु भएको योग्दानको उच्च प्रशंसा गर्नुका साथै थप जिम्मेवारी प्राप्त भए सगै आगामी कार्यकालको शुभकामाना व्यक्त गर्नु भएको छ ।

 कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्लले आफ्नो अनुभव सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


कानेपोखरी साउन ७ गते । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कानेपोखरी गाउँ समिति र रमाइलो क्याम्पस समितिको आयोजनामा वृक्षारोपण तथा अन्तरक्रिया गरिएको छ । 

रमाइलो बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित कार्यक्रम मनिष गुरागाइको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रीय सदस्य जयराज सम्योक लिम्बू सहभागी थिए। कार्यक्रममा प्रदेश महासचिव नयन राई, कानेपोखरी गाउँपाटी इन्चार्ज अम्बिका अर्याललगायत सहभागी थिए । 

कार्यक्रममा सहभागी वक्ताहरूले पुष्पलाल श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलन र जनताको मुक्तिका लागि पुर्‍याएको योगदानबारे चर्चा गर्दै उनको सपना पूरा गर्न विद्यार्थी आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पुँजीवादी अन्तरविरोध, वर्गीय चेतना र आत्मनिर्भर अर्थतन्त्र सम्बन्धी विषयमा विशेष अन्तरक्रिया गरिएको थियो ।

सम्योकले विद्यार्थी आन्दोलनलाई संगठित र सशक्त बनाएर राजनीतिक परिवर्तनलाई संस्थागत गर्न विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने बताए। क्रान्तिकारीका प्रदेश महासचिव नयन राईले पुँजीवादी प्रणालीले निम्त्याएको विसंगति र वर्गीय शोषण विरुद्ध सचेत हुन विद्यार्थीहरूलाई आग्रह गरे। 

कार्यक्रम सफल बनाउन रमाइलो क्याम्पसका स्ववियु सभापति तथा अखिल (क्रान्तिकारी) का जिल्ला सह–सचिव अनिश कार्कीले विशेष भूमिका निर्वाह गरेका थिए । उनका अनुसार स्मृति दिवसको अवसरमा क्याम्पस प्रांगणमा फलफूल र छायाँ दिने विभिन्न प्रजातिका बोटहरू रोपिएको छ । जसले वातावरण संरक्षणसँगै क्याम्पसलाई हरियाली बनाउन योगदान पुर्‍याउनेछ।

कार्यक्रममा विद्यार्थी, स्थानीय समुदाय, पाटीका नेता  र संगठनका प्रतिनिधिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वबोध समेत जागृत गर्ने बताएका थिए।


विराटनगर  साउन ७ गते |  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा पुष्पलाल स्मारक समितिले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

पाँच दिनसम्म सञ्चालित विभिन्न कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । समापन समारोहमा विचार गोष्ठी, पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो । ‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम, पोखरिया माविकी सिम्रन सफल मैनाली द्वितीय, सत्यनारायण माविकी भारती अधिकारी तृतीय हुँदा पोखरियाकी स्मिता मिश्र, पोलस्टारकी प्रकृति घिमिरे र जनता नमुना माविकी खुसीसाहले प्रोत्साहन पुरस्कार प्राप्तगरे।

 उनीहरुलाई क्रमशः ५, ३, २ र १–१ हजार नगद पुरस्कारका साथमा प्रमाण प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अविर, माला लगाएर पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा कवि एवं पत्रकार मीनकुमार नवोदित, भरत गुरागाईं र हरि कट्टेलले पुष्पलालसँग सम्बन्धित कविता सुनाए ।

कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री राईले पुष्पलालले अघि सारेका आदर्श, विचार र सिद्धान्तअनुसार अघि नबढ्दा कम्युनिष्ट पार्टीहरुबीच विचलन आई विभाजनमा पुगेको बताए । उनले पुष्पलालको विचारलाई आत्मसाथ गरेर कम्युनिष्ट पार्टीहरु एकढिक्का भए कसैले हराउन नसक्ने विचार व्यक्त गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृतका पोलिटब्यूरो सदस्य महेश रेग्मी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुशल लिम्बू, नेकपा एमाले मोरङका पूर्वअध्यक्ष बाबुराम कार्की, राजनैतिक विश्लेषक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष केशवप्रसाद गौतम, सचिव रामबहादुर घिमिरेलगायतले नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानका विषयमा चर्चा गरेका थिए ।

पुष्पलालको स्मृति दिवसका अवसरमा स्मारकले ३ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता ४ गते आइतबार सरसफाई, ५ गते सोमबार सौन्दर्यकरण, ६ गते मंगलबार झण्डोत्तोलन एवं दीप प्रज्वलन र ७ गते बुधबार पुष्पलालको प्रतिमामा माल्यार्पणसहित विचार गोष्ठी र पुरस्कार वितरण कार्यक्रम राखिएको आयोजक संस्थाका सचिव रामबहादुर घिमिरेले जानकारी दिए ।


विराटनगर साउन ७ गते | भारतीय संविधान र अदालती प्रक्रियाबारे अनुभव लिन पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ लको टोली र पटनास्थित एमिटी विश्वविद्यालयबीच कानुनी अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने सहमति भएको छ।

एमिटी विश्वविद्यालयका प्रोफेसर राजिवरञ्जन झाको टोलीले नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो। भ्रमणकै क्रममा छिट्टै औपचारिक सम्झौतामा हस्ताक्षर गरी सहकार्य अघि बढाउने सहमति भएको मनमोहन इन्स्टिच्युटका प्रिन्सिपल कोषराज न्यौपानेले जानकारी दिए।

टोलीले १ साउनदेखी एकहप्तासम्म ३७ जना विद्यार्थी र शिक्षकहरुको टोली पटना उच्च अदालतको प्रक्रिया र न्याय सम्पादनको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो। विद्यार्थीहरूले भ्रमण सिकाइमुखी रहेको भन्दै न्यायिक प्रक्रियाबारे नजिकबाट बुझ्न पाएको अनुभव सुनाएका छन ।

कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंङिगक कलेज मनमोहन इन्स्टिच्युट अफ लले देशमै पहिलो पटक बीबीए एलएलबी र क्रिमिनल कानुनमा स्  एलएलएम तहमा व्यवहारिक कक्षा र अध्ययनलाई प्राथमिकता दिंदै कानुनी शिक्षा अभ्यासमुखी बनाउँदै आएको छ।

 


विराटनगर  | विराटनगर ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै आज भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कलेजमा भर्ना भएका ७५१ जना विद्यार्थीहरूको सहभागिता रहेका थिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल दिनेशकुमार दाहालले ग्रिनल्याण्ड कलेजले गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीको भविष्य उज्ज्वल बनाउने लक्ष्यसहित अघि बढिरहेको बताए । ‘हामी केवल किताबी ज्ञानमै सीमित छैनौं,’ उनले भने, ‘विद्यार्थीलाई नैतिक मूल्य, व्यवहारिक सीप र रोजगारसँग जोडिने शिक्षा दिन हामी प्रतिबद्ध छौं ।’ प्रिन्सिपल दाहालका अनुसार शिक्षासँगै शिष्टाचार, अनुशासन र व्यावसायिक क्षमताको समन्वय गर्ने वातावरण कलेजले निर्माण गर्दै आएको छ ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइ, मोरङका प्रमुख जीवन गड्तौलाले नयाँ पुस्तालाई प्रविधिमैत्री र रोजगारमुखी बनाउने खालको शिक्षामा जोड दिनुपर्ने बताए । ‘समय बदलिँदै छ, अब केवल किताबको भरमा भविष्य बन्न सक्दैन,’ उनले भने, ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउने शिक्षा प्रणालीको विकास गर्न जरुरी छ, र यस दिशामा ग्रिनल्याण्ड कलेजको प्रयास सराहनीय छ ।’

कलेजका निर्देशक इश्वरीप्रसाद मिश्रले अभिमुखिकरण कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरे । कलेजका निर्देशक पवन साहले विद्यार्थीहरूलाई कलेजको वातावरण, अनुशासन र अवसरबारे जानकारी दिँदै अभिभावकहरूको अपेक्षालाई पुरा गर्न विद्यार्थीहरू स्वयं जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विद्यार्थी पक्षबाट पनि अभिव्यक्ति आएको थियो । विज्ञान संकायमा भर्ना भएका विद्यार्थी दिपरशान सुवेदीले ग्रिनल्याण्ड कलेजको शैक्षिक पूर्वाधार, अनुभवी शिक्षक र सफल नतिजाका कारण आफूले यहाँ अध्ययन रोजेको बताए । अर्की विद्यार्थी राधिका भट्टराईले कलेजले प्रदान गर्ने गुणस्तरीय शिक्षाबाट आफ्नो लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

अभिमुखिकरण कार्यक्रम सांस्कृतिक प्रस्तुतिले अझ आकर्षक बनाइएको थियो । विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन    गरे । ग्रिनल्याण्ड कलेजमा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट पठनपाठन हुने गरेको छ । असार ६,


विराटनगर साउन ६ गते | वीपी कोइरालाको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गएका कारण पार्टी कमजोर हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

वीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसर पारेर नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको आदर्श, सिद्धान्त र विचारलाई आत्मसाथ गरेर अगाडि बढे कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।

 कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वीपीले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई कांग्रेसले भुलेको बताइन् । वीपीको सिद्धान्त र आदर्श भुलेकै कारण कांग्रेसभित्र व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ थियो । गरिबको जीवनस्तर उठाउन वीपीले देखेको सपना अझै साकार नभएको संग्रौलाले बताइन् । अहिले पार्टीभित्र र सत्तामा सुकिलामुकिलाहरुकै दबदबा रहेको उनको गुनासो थियो ।

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले अब कांग्रेसलाई नयाँ सोच र विचारबाट अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिए । उनले वीपीले अघि सारेका आदर्श, विचार र सिद्धान्तलाई मात्रै आत्मसाथ गरे कांग्रेसले जुनसुकै निर्वाचनमा पनि सहज रुपमा जित हासिल गर्ने बताए । कांग्रेसले कांग्रेसलाई हराउन लाग्दा पार्टीसमेत कमजोर भएको अर्यालको टिप्पणी थियो । अर्का केन्द्रीय सदस्य भीम पराजुलीले वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीभित्र अनुशासनहीनता मौलाउँदै गएको चर्चा गरे । उनले प्रजातन्त्र स्थापना भएको ७ दशक पूरा हुँदासमेत वीपीले देखेको सपना पूरा नहुनु विडम्बना भएको बताए । कार्यक्रममा नेपाली कांग्रेस मोरङका वरिष्ठ नेता वसन्त भट्टराई, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे, पूर्वकोषाध्यक्ष गोपाल थापा, महिला संघकी अध्यक्ष शान्ता रिजाल, विराटनगर कांग्रेसका सभापति दीपक चापागाईं, वडा नम्बर ६ का सभापति राम ढकाल, प्राध्यापक मनोज साहलगायतले वीपीले देखाएको बाटोमा हिंडाउन सके कांग्रेसलाई कसैले पराजस्त गर्न नसक्ने विचार राखेका थिए ।


बिराटनगर २०८२ साउन ५ गते | उद्योग÷व्यवसायहरुले खपत गर्ने उर्जा, सिर्जना हुने समस्याका साथै परिवर्तनहरुको सम्वन्धमा भएको उर्जा सर्वेक्षणको पूर्ण प्रतिवेदनसंग सम्वन्धित मुख्य विषय र निष्कर्षहरुमा उद्योग संगठन मोरङमा अन्तरक्रिया भएको छ ।

इन्टर डिसिप्लिनरी एनालिष्ट ९क्ष्म्ब्० ले उद्योग व्यवसाय क्ष्ँेत्रमा हुने ट्रिपिङ, लो भोल्टेज, फल्क्च्यूएशन लगायत उर्जासंग सम्वन्धित विविध विषयहरुमा देश भरि र उद्योग संगठन मोरङको समन्वयमा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग व्यवसायहरुमा गतवर्ष असोजमा सर्वेक्षण गरेको थियो ।

अन्तरक्रिया कार्यक्रममा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले सर्वेक्षणबाट आएका तथ्यांकले आगामी दिनमा संगठनलाई उर्जासंग सम्वन्धी वहस र पैरवीमा सहयोग पुग्ने वताए । उनले सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा उर्जा व्यवस्थापनका लागि अपनाउनु पर्ने सुधारका सम्वन्धमा सरोकारवाला पक्ष्ँहरुको ध्यानाकर्षण गराई प्राप्त उर्जाको वास्तविक अवस्थाबाट अवगत गराउदै गुणस्तरमा सुधारका लागि पहल गर्ने स्पष्ट पारे ।

कार्यक्रममा ईन्टर डिसिप्लिनरी एनालिष्टका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले ठूला, मझौला, साना, कुटिर र परम्परागत शिपबाट सञ्चालित उद्योग÷व्यवसायहरुमा सर्वेक्ष्ँण गरिएको जानकारी गराए । उनले सर्वेक्षणको क्रममा उद्योगले प्रयोग गर्ने ईन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था र प्राप्त उर्जाको गुणस्तर जस्ता कुरालाई ध्यानमा राखीएको वताए । त्यसैगरी उर्जा दक्ष्ँता अभिवृद्धिका लागि गर्नुपर्ने सुधार, उर्जा खपत न्यूनिकरणका उपायलाई केन्द्रमा राखी गरिएको सर्वेक्षणको प्रतिवेदनले आगामी दिनमा सुधारको योजना वनाउदा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिवदेन प्रस्तुतीको क्रममा डा. शर्माले उद्योग व्यवसाय क्ष्ँेत्रको अवस्थालाई मनन गरी नीतिहरु तय गर्नुपर्ने, गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने, साना उद्योगहरुको संरक्ष्ँणका लागि उर्जामा सहुलियत प्रदान गर्नुपर्ने सुझाव सर्वेक्षणबाट प्रँप्त भएको वताए ।

उर्जा सर्वेक्षणको प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ राकेश सुराना, उपाध्यक्ष्ँ विपिन कावरा, सुवोध कोईराला, कार्यसमिति सदस्य एवं उर्जा समितिका संयोजक सन्तोष भगत, जयेन्द्र शर्मा, बीरेन्द्र राठी, सौरभ सारडा, सिद्धार्थ कावरा, किरण ब्यास, पारस गोल्छा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष्ँ अनिल शाहका साथै उद्योग प्रतिष्ठानका संचालक र व्यवस्थापकहरुको सहभागिता थियो ।


विराटनगर साउन ३ गते | विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम भएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिवपुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसकाअवसरमाआयोजित प्रतियोगितामा पन्त प्रथमभएकी हुन् । ‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजित प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनाली द्वितीय भइन् । 

सत्यनारायण माविकी भारती अधिकारी तृतीय हुँदा पोखरियाकी स्मिता मिश्र, पोलस्टारकी प्रकृति घिमिरे र जनता नमुना माविकी खुसी साहले प्रोत्साहन पुरस्कार प्राप्त गरे । साहित्यकार हरि कट्टेल, भरत गुरागाईं ‘बर्बरिक’ र कवि एवं पत्रकार मीनकुमार नवोदित सम्मिलित निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नामावली घोषणा गरेको थियो ।

 प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ५, ३, २ र १–१ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष केशवप्रसाद गौतम, उपाध्यक्ष देवी घिमिरे, सचिव राम घिमिरे, निर्णायकहरु मीनकुमार नवोदित, हरि कट्टेल, भरत गुरागाईं ‘बर्बरिक’लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदान अतुलनीय रहेको चर्चा गरे ।

पुष्पलालको स्मृति दिवसमा स्मारकले ४ गते आइतबार सरसफाई, ५ गते सोमबार सौन्दर्यकरण, ६ गते मंगलबार झण्डोत्तोलन एवं दीप प्रज्वलन र ७ गते बुधबार पुष्पलालको प्रतिमामा माल्यार्पणसहित पुरस्कार वितरण र समापन समारोह राखिएको अध्यक्षकेशवप्रसाद गौतमले जानकारी दिए ।


विराटनगर असार २ गते ।बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब 'एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशिप' को नेपाली अनुवाद 'उद्यमशीलता: एक परिचय'को विमोचन गरिएको छ । आज विराटनगरमा  उद्यमशीलता केन्द्रित विमर्श गर्दै उक्त किताब विमोचन गरिएको हो । 

पत्रकार तथा लेखक निशान्त ढुङ्गानाले किताबको नेपाली भाषामा अनुवाद गर्नु भएको हो।

किताब विमोचन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मनिष झाले सरल भाषामा अनुवाद गरिएको किताबले उद्यमशीलतालाई बुझ्न मदत पुर्याउने बताउनु भएको थियो । झाले उद्यमशीलताको विकासक्रमको चर्चा गर्दै नेपालमा उद्यमशीलता प्रवद्धन गर्न राज्यले ठेकेदारको नभएर सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । 

कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले सहज उदाहरण सहित उद्यमशीलताको विचार प्रस्तुत गरिएको किताबले नीति निर्माणको तहमा समेत सहयोग गर्ने धारणा व्यक्त गर्नु भएको थियो । 

त्यस्तै, उद्यमी प्रतिक राउतले उद्यमशीलताको विकासका लागि  सही समय रहेको बताउँदै नेपालले विश्वका उदाहरणबाट सिक्दै मौलिक ढंगले अघि बढ्नु पर्ने बताउनु भएको थियो भने प्रकाशन संस्थाका राजिव धर जोशीले हालको समयमा नेपाली बजारमा उद्यमशीलता, सेल्फ हेल्प सम्बन्धी किताबको बजार राम्रो रहेको अनुभव साझा गर्नु भएको थियो । 

किताबमा किन उद्यमशीलताप्रति चासो राख्न आवश्यक छ भन्ने कुराको व्याख्या, उद्यमशीलताले नयाँ आविष्कार र समृद्धिमा राख्ने अर्थ, उद्यमशीलताको मुख्य विचार र उद्यमीलाई आवश्यक प्रोत्साहन लगायतका कुराहरू समावेश छन्। त्यस्तै, किताबमा उद्यमशीलताको वास्तविक आर्थिक भूमिका र यसका विभिन्न सिद्धान्तको बारे, उद्यमशीलताको आर्थिक, सामाजिक महत्व र विश्वका विभिन्न पेशामा उद्यमशीलताको आश्चर्यजनक व्यापकताको, उद्यमशीलताको किसिम, उद्यमशीलताले नियमनलाई अनावश्यक प्रभावमा पर्दाको खतरा र उद्यमशीलताबाट फाइदा लिन कसरी उपर्युक्त नीति निर्माण गर्ने वातावरण बनाउनु पर्छ लगायतका विचारहरू समावेश छन्।

विकल्प एन अल्टरनेटिभका संस्थापक एवम् कार्यकारी निर्देशक वसन्त अधिकारीले नेपाली समाजमा उद्यमशीलताको विषय प्रमुखता साथ उठ्ने गरेको तर नेपाली भाषामा उद्यमशीलता सम्बन्धी पठनीय किताबको आभाव पूर्ती गर्ने उद्देश्य साथ किताब प्रकाशन गरिएको बताउनु भयो ।


झापा, साउन २ गते ।  झापाको बिर्तामोड नगरपालिका ५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५बर्षीय बिनोद घिमिरेलाईप्रहरीले पक्राउ गरेकोछ । घिमिरेले बिर्तामोड(५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित पक्राउ गरेको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।


जनकपुर (मधेस प्रदेश), ३१ असार : संघीय खानेपानीमन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच आज तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि गहन छलफल भएको छ ।

आज मधेस प्रदेशको जनकपुरमा तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका सम्बन्धमा मुख्यमन्त्री सिंह, प्रदेश उर्जा, सिंचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव सहितका विभिन्न सरोकारवालासँग गहन छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

सो छलफलका क्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको सङ्कट दिनानुदिन गम्भीर बन्दै गएकाले उक्त समस्या समाधानका लागि आफु व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तराई–मधेसको खानेपानीको दीर्घकालीन समाधानका लागि सबै तह र तप्काबीच समन्वय र सामूहिक प्रयास आवश्यक छ । समस्या समाधानका लागि म व्यक्तिगत रूपमा र खानेपानी मन्त्रालय संस्थागत रूपमा पूर्ण सक्रिय छ ।”

छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएको जानकारी गराउनु भएको थियो । उहाँले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह समेत गर्नुभयो । 

उहाँले भन्नुभयो, “प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट खानेपानीको सङ्कटमा रहेका बेला खुला हृदयले सहयोग गर्न म दातृ निकायहरूलाई आग्रह गर्दछु ।” 

छलफलमा संघीय खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ, संघीय खानेपानी कार्यलय जनकपुरका प्रमुख जगरनाथ दास लगायतका विज्ञ तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।


रंगेली । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये रंगेली नगर अस्पताल नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।

सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस एमएसएस को सूचक अनुसार भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको छ ।

स्थानीयतहहरु मातहत रहेका देशभरका अस्पतालहरुमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको हो । विभिन्न सूचकको मुल्यांकनका आधारमा अस्पतालले उक्त अंक प्राप्त गरेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले जानकारी दिइन् । सो मुल्यांकन प्रत्येक ६÷६ महिनामा हुने गरेको छ । ६ महिनापछि रंगेली नगरपालिकाले अस्पताललाई थप सुधार गरेपछि अंक बढाउन सफल भएको हो । अब अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जानेछ ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सवैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए । उनले आफूहरुको व्यवस्थापकीय भूमिका रहेको बताउँदे अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पताल व्यवस्थापन समितिको निरन्तरको प्रयास, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताए ।

मेयर बगडीयाले सवैको प्रयासबाट हाल अस्पतालले ८६ अंक प्राप्त गर्न सफल भएको र आगामी मुल्यांकनमा अझ माथि पुग्नेगरी लागि पर्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन समेत दिए ।

कार्यक्रममा रंगेली नगरपालिकाकी उपप्रमुख भूमा पराजुलीले जनप्रतिनिधिहरुसहित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सवैको प्रयासबाट रंगेली अस्पताललाई नमूना अस्पताल बन्न सफल भएको बताइन् । उनले मुल्यांकनमा दिइएको सुझावका आधारमा अस्पतालमा गर्नुपर्ने सुधारका कामहरु क्रमशः गर्दे जानेसमेत बताइन् ।

कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले रंगेली अस्तिालले विकासमा फड्को मारेको बताइन् । उनले स्थानीयतहरु मातहत रहेका अस्पतालहरु मध्ये रंगेली अस्पताल निकै सुविधा सम्पन्न रहेको बताइन् । उनले सो अस्पतालका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि आफूले पहल गर्नेसमेत प्रतिवद्धता जनाइन् ।

सो अवसरमा रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले रंगेली अस्पताल गुणस्तरी र सुलव स्वास्थ्य सेवाका हिसाबले देशमै १ नम्बर अस्पताल भएको बताए । उनले मुल्यांकन गर्दा दिइएका सुझाव अनुसारअस्पतालको सेवा सुविधा थप विस्तार गर्दे लैजाने बताए ।

कार्यक्रममा रंगेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बसन्त साहले उक्त सफलता सम्पूर्ण स्वास्थ्यकर्मीको समर्पण, नगरपालिकाको सहयोग र सेवाग्राहीको विश्वासकै कारण सम्भव भएको बताए । उनले अस्पतालको गतिविधिहरु प्रस्तुतीकरण गरेका थिए । रंगेली नगर अस्पताल विकास समितिका अध्यक्ष देवमणी कटुवालले अस्पताल सुधारमा लागि पर्ने सवैलाई धन्यवाद दिए ।

अध्यक्ष कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाकी अस्पताल नर्सिङ प्रकाशक आस्था थापा, स्रोत व्यक्ति डा. पुजन विश्वकर्मा, डा. वैभव मल्लिक, एमएसएस अफिसर पशुपति खनाल, रंगेली नगरपालिकाका प्रशासन प्रमुख दिपक प्रकाश तिम्सिना, नगर प्रमुखका सल्लाहकार कृष्ण भट्टराई, सचिवालयका करन ठाकुर, अस्पताल विकास समितिका पदाधिकारी, विभिन्न वडाका वडाध्यक्षहरु, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।


बिराटनगर असार २९ गते ।  मोरङ कटहरी गाउँपालिक वडा नं।०३ कटहरी चोक स्थितमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को १ ख ४५१८ नं। को सेतो रङको ट्रकमा रहेको चालक प्रहरीलाई देख्ना साथ ट्रक सोही स्थानमा छाडीफरार भएकोमा उक्त ट्रकलाई चेकजाँच गर्दा बाहिरबाट बन्दाकोवी लोड गरिएको अवस्थामा लागू औषध गाँजा १०५ बोरा ९३१५० के।जी ० फेला पारी ट्रक सहित लागू औषध गाँजा बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई ट्रक चालकको खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको ।

पक्राउ परेको सामानको विवरणस्

अबैध लागू औषध गाँजा( ३१५० के।जी।

को, १ ख ४५१८ नं। को सेतो रङको ट्रक थान( १ ।


विराटनगर असार २९ गते ।  आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानुकला केन्द्रले रथयात्रासहित बहुभाषिक कविगोष्ठी र सम्मान कार्यक्रम सम्पन्न गरेको  छ ।

आइतबार बिहान सन्सारीमाईस्थानबाट भानुभक्त आचार्यको तस्बिरसहित रथयात्रा निकालिएको थियो । रथयात्राले विराटनगरका विभिन्न स्थानको परिक्रमापश्चात सोही स्थानमा पुगेर समापन भएको थियो । 

रथयात्रापछि आयोजित बहुभाषिक कविगोष्ठीमा कवि मधु पोखरेल, शिवनारायण सिंगल, मीनकुमार नवोदित, सरिता तुलाधर, भवानीप्रसाद पोखरेल, सरला चापागाईंलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । सोही अवसरमा कवि सीमा आभास र कलाकार सञ्जय मण्डललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल, सचिव प्रचण्ड पौडेल, अग्रज साहित्यकार खेम नेपाली, डा. देवी पन्थी, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, भारतबाट आएका साहित्यकार पीएस यादव अजनवी, विराटनगर प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभागका प्रमुख शिवनारायण पण्डित सिंगललगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

 

 

 


विराटनगर  असार २८ गते । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् । 

शनिबार महानगरको सभाहलमा आयोजित प्रतियोगितामा ‘कोशी प्रदेशको यात्रा’ शीर्षकको कविता वाचन गरेर उनले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै प्रतियोगितामा ‘मेरो कथा मेरो व्यथा’ शीर्षकको कविता वाचन गरेर अरनिको स्कुलकी उजेली उप्रेती र ‘म छोरी हुँ’ शीर्षकको कविता वाचन गरेर गायत्री संस्कृति माविकी सुलेखाकुमारी राय द्वितीय भएका छन् । 

अग्रज साहित्यकार गंगा सुवेदी र कवि एवं पत्रकार मीनकुमार नवोदितको निर्णायक समितिले उप्रेती र रायको बराबरी नम्बर आएका कारण दुवैजनालाई द्वितीय घोषणा गरेको थियो । त्यस्तै ‘भानुलाई श्रद्धाञ्जली’ शीर्षकको कविता वाचन गरेर एजेलिया माविकी प्रज्ञा कट्टेल तृतीय हुँदा ‘हाम्रो विराटनगर’ शीर्षकको कविता वाचन गरेर गायत्री संस्कृत माविका छात्र गौरव तिम्सिनाले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

त्यस्तै शनिबारै आयोजित चित्रकला प्रतियोगितामा डीपीएस स्कुलकी प्रेरणा पण्डित प्रथम हुँदा डीपीएसकै सभ्या अग्रवाल र सहाया यादव द्वितीय भए । सेन्ट मेरिज स्कुलकी सर्वाणी यादवले तृतीय पुरस्कार पाउँदा गायत्री संस्कृत माविका पियुष चौधरीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । चित्रकला प्रतियोगिताको निर्णायकमा कलाकार नरकुमार श्रेष्ठ र यशोदा सिंह लम्साल रहेका थिए । निर्णायकद्वयले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतहरुको नाम छनौट गरेको थियो ।

 प्रतियोगिताका विजेताहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, सदस्यसचिव दिङ्लाली कान्छो, ललितकला विभागकी प्रमुख अनुराधा थापा, प्रतिष्ठानका प्राज्ञ भूषण ढुङ्गेल, डा. विमला श्रेष्ठ, हरि कट्टेल, अग्रज साहित्यकार एवं निर्णायक गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा कवि चूडामणि नेपाल ‘अकिञ्चन’, हरि कट्टेल, प्रतिमा निरौला, मधु राई, नारायण तिम्सिनालगायतले अप्रतियोगी सिर्जना प्रस्तुत गरेका थिए ।

यसैबीच, प्रतिष्ठानकै आयोजनामा आदिकविको तस्बिरसहित प्रभातफेरीसमेत निकालिएको थियो । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले गोल्छाचोक, अतिथिसदन, जलजलाचोक, कालीमन्दिर, बुधहाटचोक, ट्राफिक चोक हुँदै पुनः महानगर परिसरमा आएर समापन भएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको प्रभातफेरीमा कवि मञ्जु शर्मा र प्रतिमा निरौलाले रामायाणका श्लोकहरु वाचन गरेका थिए । 

समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, सदस्यसचिव दिङ्लाली कान्छो, ललितकला विभागकी प्रमुख अनुराधा थापा, प्रतिष्ठानका प्राज्ञ भूषण ढुङ्गेल, डा. विमला श्रेष्ठ, हरि कट्टेल, अग्रज साहित्यकार एवं निर्णायक गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले नेपाली भाषा, साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गरेका थिए।

 पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रुपमा एकीकरण गरेजस्तै भानुभक्तले विभिन्न भाषामा विभाजित नेपाललाई नेपाली भाषामार्फत एकीकरण गरेको उल्लेख गरे ।

प्रतिष्ठानको आयोजनामा असार २९ गते आइतबार बेलुका साढे ५ बजे कलाकार इन्द्र परियारद्वारा निर्देशित विभिन्न लघु चलचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।


विराटनगर असार २८ गते । प्रेस चौतारी मोरङले जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालाई  प्रदान गर्ने भएको छ ।

विराटनगरमा शनिवार बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले यस वर्षको पुरस्कार कोइरालालाई दिने निर्णय गरेको अध्यक्ष चीना थापाले जानकारी दिनुभयो । 

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनौट समितिले सिफारिस गरेको नामलाई चौतारी जिल्ला कार्यसमिति  बैठकलेअनुमोदन गरेको हो । 

पत्रकार कोइराला  कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक  हुनुहुन्छ भने प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ  ।  उहाँ हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको कोषाध्यक्ष हुनुहुन्छ । उहाँ डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । 

पुरस्कार साउनको दोस्रो हप्ता एक कार्यक्रमको आयोजना गरि वितरण गरिने प्रेस चौतारी मोरङले जनाएको छ । 

२०६६ सालमा स्थापना गरिएको यो पुरस्कार यसअघि  पत्रकार दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, बिक्रम लुइँटेल, धर्मराज ढकाल, भुपेन्द्र तिम्सिना , गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई , कमल पौडेल , जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी  र  बाबुराम भण्डारीले प्राप्त गरिसक्नुभएको छ ।


विराटनगर  असार २७ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।

विराटनगर महानगरमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको हो । ४ जीपीए ल्याउने विद्यार्थीहरुमा विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया शर्मालाई सम्मान गरिएको थियो । 

त्यस्तै एभरेष्टका कृति गोयल, प्रेम खतिवडा, पोखरियाकी रागिनी न्यौपाने, सगरमाथाका सुशोभित न्यौपाने, कान्तिपुरका आयुषा कार्की र जेम्स स्कुलकी श्रीजी पोखरेललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नतिजा ल्याउने विकेभिएमका प्राचार्य रविन दाहाल, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, एभरेष्टका प्राचार्य टीकाराम पुरी र सहायक प्राचार्य टीएन भण्डारी, पोखरियाका सहायक प्रधानाध्यापक महेश गौतम, सगरमाथाका प्राचार्य त्रिलोचन गौतम, प्राचार्य कान्तिपुरका भेषराज नेपाल (भुवन) र जेम्सका पंकज खड्कालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, सावित्री पराजुलीलगायतले सम्मान गर्नुभएको थियो । ७ वटा विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका    थिए । मोरङभरिमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १८ जना रहेको छ ।

महानगरका २५ सार्वजनिक र ७२ वटा संस्थागत गरी ९७ वटा विद्यालयका ४ हजार ५२९ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३ हजार ६९० जना अर्थात् ८१ दशमलव ४७ प्रतिशत विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका छन् । 

८३९ जना भने ननग्रेडिङ भएका छन् । ९७ वटा विद्यालयले एसईई दिएकोमा शतप्रतिशत नतिजा ल्याउने विद्यालयको संख्या २८ रहेको छ । शून्य प्रतिशत नतिजा ल्याउने विद्यालयको संख्या २ रहेको महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । महानगर क्षेत्रभित्रका विद्यालयबाट एसईई दिएका १ हजार २२८ जनाले ३.६ भन्दा बढी जीपीए ल्याउन सफल भए ।

सम्मान तथा एसईईको मूल्याङ्कन कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराई, सुशील दाहाल, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, आदर्श माविका प्रधानाध्यापक सन्तोष पोखरेल, सम्मानित विद्यार्थीहरुका तर्फबाट रागिनी न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

महानगरले विगत ३ वर्षदेखि एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै आएको छ । महानगरभित्र सामुदायिक ५६, संस्थागत १२१ र धार्मिक विद्यालयको संख्या २१ रहेको छ । धार्मिक, सामुदायिक र संस्थागत कुल १९७ विद्यालयमा १ देखि १२ कक्षासम्म करिब ८० हजार विद्यार्थी अध्ययनरत छन् ।

 


बिराटनगर असार २७ गते । सन्चारकर्मी संन्चार अंहकारी संस्था लि बिराटनगरले आफनो १४ अेो स्थापना दिवसको अवसर पारेर ४ जना पत्रकारलाइ पुरस्कृत गरेकोछ |कार्यक्रमका 

प्रमुख अतिथि उच्च अदालत बिराटनगरका माननीय मुख्य न्यायाधीश राजन प्रसाद भट्टराईले पुरस्कार बितरण गर्दै सबैलाइ बधाइ दिनु भयो । त्यसैगरी कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव समेतले बोल्नु हुदै बधाइ दिनु भएको  थियो |

तोरेन्द्र डन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार  २०८२ बाट पुराना सक्रिय पत्रकार सुवास ढकाल ५१ हजार र सम्मान पत्र बाट सम्मानित हुनु भएको छ | 

अेामप्रकास गोयल आर्थिक पत्रकारिता पुरस्कार २०८२,बाट नगद५० हजार,सम्मान प्रमाण सहित सक्रिय सन्चारकर्मी बन्धु पोखरेल सम्मानित हुनुभयो |

मेम्बर चन्द्रलाल, दुर्गादेबी दाहाल सन्चार श्रमजीवी पुरस्कार २०८२,बाट रू २१ हजार र प्रमाणपत्र सहित ले अनिल श्रेष्ठ  सम्मानित भएका छन |

मीनादेबी श्रेष्ठ  पत्रकार महिला प्रोत्सान पुरस्कार २०८२,बाट  रोमा दाहाल( निसा) १० हजार र प्रशंसा पत्रबाट सम्मानित भएकि छिन |

 


विराटनगर | बिराटनगर - ११ मा  रहेको गोल्डेन हस्पिटलले खर्चको अभाबले रोग लुकाएर बसेका बिरामी आमा बुबाहरू, बालबालिकाहरू, समेत सबैलाइ सेवा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्य लिएर अस्पतालले उपचारमा छुटको व्यवस्था गर्ने भएको पत्रकार भेटघाटमा जानकारी  दिएकोछ |  

निजी क्षेत्रबाट सञ्चालित सो अस्पतालले बिहीबार पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी आम जनतालाइ उपचारमा खुसी पारी घर पठाउने प्रतिबद्धता व्यक्त गरेको हो |

अस्पतालका प्रवन्ध निर्देशकले आमजनताको आयश्रोत घटिरहेको र मुलुकको विद्यमान असहज परिस्थितिलाई दृष्टिगत गरी यथासम्भव छुटको व्यवस्थासहित सेवाग्राहीलाई राहत दिने प्रतिबद्धता व्यक्त  गर्नु भयो | उनले यसअघि लिँदै आएको सेवाशुल्कमा २५ देखि ५० प्रतिशतसम्म छुट दिन लागिएको स्पष्ट पार्नुभयो |

मातृ तथा शिशु मृत्यु दर घटाउने, विशेषज्ञ चिकित्सकद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनीका बालबालिकालाई सहज उपचार बाहेकका सेवामा २५ प्रतिशत छुट दिने र ५० वर्ष माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उक्त अस्पताल प्रशासनले जनाकारी गराएको छ |



बिराटनगर २०८२ असार २५ गते | औद्योगिक क्ष्ँेत्रमा कार्यरत प्राविधिकहरुको सीप स्तरोन्नतीका लागि उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको सहयोगमा लेथ सेटर अपरेटर, डिजीटल मार्केटिङ र एच.एम.आई. प्रोग्रामिङ विषयमा तालिम सम्पन्न गरेको छ ।

 उद्योगमा कार्यरत प्रँविधिकहरुलाई सीप तथा दक्ष्ँता अभिवृद्धि गर्ने उद्देश्यले संचालित उक्त तीन प्रकारका तालिममा विभिन्न उद्योग प्रतिष्ठानका ५७ जना प्रशिक्ष्ाँर्थीको सहभागिता थियो ।

तालिमको समापनमा संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धिले उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने वताए ।  यस क्ष्ँेत्रका उद्योग प्रतिष्ठानको आवश्यकताका आधारमा संगठनले तालिम संचालन गर्दै आएको वताउदै उनले पछिल्लो दिनमा यस प्रकारको तालिममा प्रति उद्योगहरुको अभिरुची वढदै गएकोमा खुशी व्यक्त गरे ।

 २४ दिन सम्म सञ्चालन भएको लेथ सेटर तालिम अन्तर्गत डिजाइन वा ड्रइङअनुसार मेशिन काट्ने, आकार दिने, एच एम आई तालिम अन्तर्गत मानिस र मेसिनबीचको सम्बन्ध सहज, सुरक्षित र प्रभावकारी बनाउने, डिजिटल मार्केटिङ अन्तर्गत छिटो, सस्तो र प्रभावकारी माध्यम प्रचार प्रसार गर्ने तरिकाका सम्वन्धमा सिकाइएको संंगठनले जनाएको छ ।  

 तालिमलाई थप प्रभावकारी वनाउन पछिल्लो समय सम्वन्धीत उद्योगको कार्यस्थल मै राखेर तालिम संचालन गर्ने, उद्योगले आवश्यकताका आधारमा पाठयक्रम तयार गरी यस प्रकारको तालिम संचालन गर्ने नया अभ्यासको प्रारम्भ संगठनले गरेको छ । संगठनले हालसम्म यस क्ष्ँेत्रको विभिन्न उद्योग प्रतिष्ठानका ५ सय ७६ जनालाई भिन्न भिन्न प्रकारको प्राविधिक तालिम उपलब्ध गराएको जनाएको छ ।


विराटनगर असार २५ गते ।  विराटनगरस्थित इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

विराटनगर–१२ मलङ्गवास्थित जनता बाल कल्याण आधारभूत विद्यालयमा आयोजित आँखा जाँच शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । मेयर कोइरालाको आँखा जाँच गरी शिविरको शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोयरालाले मोबाइल र टेलिभिजनमा बढी केन्द्रित हुँदा बालबालिकाहरुमा सानै उमेरदेखि आँखाको समस्या देखिन थालेको बताउनुभयो ।

 उहाँले विद्यालयस्तरदेखि नै आँखाको जाँच गरी समस्या पहिचान गर्न सके ठूलो समस्याबाट बच्च सकिने धारणा राख्नुभयो । ‘विद्यालयमा अध्ययन गर्दा नै आँखाको जाँच गरेर समस्या पहिचान गर्न सके भविष्यमा आउन सक्ने समस्याबाट बच्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘यसतर्फ विद्यालय र अभिभावकले ध्यान दिनु आवश्यक छ ।’ इग्नाइट फाउण्डेसनले समाजसेवामा गरिरहेको कार्यप्रति मेयर कोइरालाले प्रशंसासमेत व्यक्त गर्नुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, विराट रानी आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कमलेस कर्ण, आयोजक संस्थाका अध्यक्ष आश्रेय कोइराला, कोषाध्यक्ष राहुल साहनी, सदस्य रयान थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक–शिक्षिकाहरुको आँखाको जाँच गरिएको थियो ।

 शिविरमा ७५ जनाले जाँच गराएका थिए । जसमा एकजना छात्र र दुईजना छात्रामा आँखाको समस्या देखिएको थियो । समस्या देखिएका छात्रछात्रले चस्मा लगाउनुपर्ने अवस्था देखिएको अस्पतालकी नेत्र विशेषज्ञ ज्योति राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार एकजना शिक्षिकाको आँखामा मासु पलाएको पाइएको छ । राजवंशीसहित मनिषा साह, रुविना बेगम, लिरिल चौधरीको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो ।

फाउण्डेसनले केही समयअघि ट्राफिक चोकमा बटुवाहरुलाई लक्षित गरी चिसो पानी वितरण सुरु गरेको थियो । हाल पनि दुईवटा माटाको भाँडा राखेर पानी वितरणलाई निरन्तरता दिइएको छ । समाजसेवाप्रति युवालाई आकर्षित गर्न इग्नाइट फाउण्डेसन स्थापना गरी विभिन्न सामाजिक कार्य गरिरहेको अध्यक्ष कोइरालाको भनाइ थियो ।


विराटनगर असार २४ गते । दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ ।

विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको उपस्थितिमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी विकास शाखाका संयोजक हिरालाल यादवलगायतले कृषि सामग्री हस्तान्तरण गरेका थिए ।

कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले महानगरले १ थान ट्याक्टर, २ थान मिनि टिलर, सिचाइ मोटर २ हर्षको ५ थान, स्प्रेयर मेसिन ६ थान, समरसिथल पम्प १ थान र रोटाबेटर १ थान हस्तारण गरिएको थियो । कृषि सहकारीमा आबद्ध कृषकहरूले उक्त सामग्री उपयोग गर्न पाउनेछन् । 

बैजनाथपुर कृषि सहकारीमार्फत कृषि सामग्री प्रयोग गरी स्थानीय कृषकले आफ्ना उत्पादन वृद्धि गर्ने शाखा प्रमुख यादवको भनाइ छ । महानगर क्षेत्रभित्र १ हजार ३७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । विशेष गरी ४, ६, ११, १२, १४, १६, १८ र १९ नम्बर वडामा बढी खेतीयोग्य जमिन रहेको छ । त्यस्तै महानगरभित्र ३६ वटा कृषक समूह रहेका छन् । ती समूहमार्फत महानगरले कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 


विराटनगर, २०८२ असार २२ गते | सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ ।

सञ्चारकर्मी सञ्चार सहकारीको आइतबार बसेको कार्यसमितिको बैठकले हरेक वर्ष असार २७ गते मनाइने संस्थाको स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो ।

पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको सहकारीका अध्यक्ष दीपक दाहालले जानकारी दिए ।

अध्यक्ष दाहालका अनुसार ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवम् नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास  ढकाललाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

१० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार विराट पोष्टकी पत्रकार रुमा दाहाल ९निशा० लाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

त्यसैगरी  २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका सम्वाददाता अनिल श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवम् उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेललाई  प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

यसभन्दा अगाडि तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मानबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान र मोहन भण्डारी सम्मानित भई सकेका छन् ।

मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल र झुना भट्टराई सम्मानित भई सकेका छन् ।

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्ण सम्मानित भई सकेका छन् ।

त्यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट भीम चापागाईं (इलाम) गजेन्द्र बुढाथोकी (काठमाडौं)अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल र सुशीला पाठक सम्मानित भई सकेका छन् ।


काठमाडौं | कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था ग्रीनल्याण्ड कलेज (१०+२) लाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरिएको छ। चन्द्रलोक प्रतिष्ठान नेपालद्वारा प्रदान गरिएको उक्त सम्मान काठमाडौँमा आयोजित एक विशेष समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्तान्तरण गरेका हुन्।

कलेजले विशेषगरी मेडिकल, इन्जिनियरिङ र CMAT प्रवेश परीक्षामा उपत्यकाबाहिरकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा यो सम्मान प्राप्त गरेको हो।

सम्मान प्राप्तिपछि कलेज प्रशासनले एक विज्ञप्ति जारी गर्दै यो उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा समाजप्रति आभार प्रकट गरेको छ। कलेज परिवारका अनुसार यस्तो सम्मानले भविष्यमा अझ लगनशीलताका साथ शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने प्रेरणा मिलेको छ।

ग्रीनल्याण्ड कलेज विगतदेखि नै विज्ञान तथा व्यवस्थापन सङ्कायमा उत्कृष्ट शैक्षिक परिणामका कारण लोकप्रिय रहँदै आएको छ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.