शिव भट्टराई सुनसरी बैशाख २९ गते । रातो तारा डट कम,
मोरंङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नं.४ मा रहेको अग्रणी सामुदायिक कृषि सहकारी संस्थाले ईलाम जिल्लाका विभिन्न ठाउँको दुई दिने भ्रमण सम्पन्न गरेको छ।
सो भ्रमण संस्थाका संचालक समितिले संयोजन गरेको थियो। सहकारी संस्थाका सेयर सदस्यहरुलाई व्यवसायिक क्षमताको ज्ञान हासिल गर्ने उद्देश्यका साथ आयोजना गरिएको भ्रमणमा संस्थाका ६० जना भन्दा बढी सेयर सदस्यहरुको सहभागिता थियो।सो भ्रमण कृषिलाई प्राथमिकता दिइएर गरिएकोले व्यापक चिया खेतीको बारेमा छलफलका साथै स्थलगत अवलोकन गरिएको थियो।
भ्रमणका क्रममा कृषिका अन्य व्यवसायहरु सब्जी खेती, अकबरे खोर्सानी खेती , अम्लिसो खेती , किविफल, अदुवा तथा व्यवसायिक गाईपालनको बारेमा पनि जानकारी लिएका थिए।
दुईदिने अवलोकन भ्रमणका क्रममा भ्रमण टोलीद्वारा ईलामका धार्मिक , पर्यटकिय तथा एतिहासिक स्थलहरु कन्याम , फिक्कल , पशुपतिनगर , श्री अन्तु पोखरी , सूर्योदय तथा माईपोखरी समेतको अवलोकन भ्रमण गरेको संस्थाका अध्यक्ष शोभित पौडेलले बताए।
गतवर्ष यस्तै किसिमको अध्ययन अवलोकन भ्रमण धनकुटा जिल्लाको कृषि अनुसन्धान केन्द्र पख्रिवास धनकुटा तथा सिदुवा बजारको वहुउद्धेश्य सहकारी संस्थाले गराएको कुरा संस्थाका अध्यक्षले जानकारी गराएका थिए।
हरेक वर्ष गरिने यस्ता अध्ययन अवलोकन भ्रमण आउदो वर्ष पनि नयाँ ठाउँमा गराईने कुरा संस्थाका अध्यक्षले बताएका छन्।सो भ्रमण ज्यादै उपलब्धिमुलक र रमाइलो रहेको कुरा संस्थाका सेयर सदस्य तथा जनप्रतिनिधि मिना ओझाले बताईन्।
त्यसैगरी अर्का सेयर सदस्य तथा व्यवसायिक सब्जी खेती तथा कागती खेतीको व्यवसाय गर्दै गरेका उमेश मेहेताले भ्रमण ज्यादै उपलब्धीमूलक रहेको कुरा बताएका छन्।
Post a Comment