Websoft University

किसान व्यावसायिक खेतीमा जोड दिन थाले

 
काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,सिन्धुलीमा ग्रामीण सडकको पहुँच विस्तार भएसँगै किसानले व्यावसायिक खेतीलाई जोड दिन थालेका छन् । वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदनभण्डारी राजमार्गसँग जोडिएर जिल्लाको विकट ग्रामीण क्षेत्रमा सडक विस्तार भएसँगै किसानले व्यावसायिक खेतीमा जोड दिन थालेकाहुन् ।

 ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै आफ्नो ठाउँमा उत्पादित बस्तु विक्री वितरण गर्न सजिलो हुने भएपछि व्यावसायिक खेतीलाई जीविकोर्पाजनको पहिलो आधार बनाईएको किसानहरुले बताएका छन् ।  
घ्याङ्गलेख गाउँपालिका ५ शान्तेश्वरीका किसान अन्जला तामाङ्गले पहिले कुहिएर जाने इस्कुस, फर्सीलगायतका तरकारीले समेत राम्रो भाउ पाउने गरेको र बजारका लागी व्यपारी गाउँमै गाडी लिएर पुग्ने गरेको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.