Websoft University

काउन्सिलको विधेयकप्रति काँग्रेसको आपत्ति



काठमाण्डौ बैशाख ३०  गते । रातो तारा डट कम,संसद्मा दर्ता भएको मिडिया काउन्सिलसन्बन्धी विधेयकप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । २९ गते पत्रकार सम्मेलन गरी विधेयक संविधानको मर्म विपरित भएकाले आफूहरूलाई स्वीकार्य नहुने सभापति शेरबहादुर देउवाले बताउनुभयो ।

आफूहरूले विधेयक फिर्ता गराएरै छोडने दावी गर्नुभयो । मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको सभापति देउवाको दावी छ । विधेयक पारित भए काउन्सिल सरकारी नियतको बन्धक हुने भन्दै उहाँले काउन्सिललाई सरकारको लाचार छायाँ बनाउन खोजिएको आरोप लगाउनुभयो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको समुन्नत अभ्यास भएको मुलुकमा प्रेसले निर्वाध काम गर्न पाएको र आफ्ना लागि आचारसंहिता आफै तय गरेको बताउँदै अधिनायकवाद भएको मुलुकमा मात्र प्रेसलाई सरकारले या त सोझै या कानून निर्माण गरेर घुमाउरो गरी नियन्त्रणमा राख्ने गरेको उल्लेख गर्नुभयो ।

प्रेससम्बन्धी कानुन निर्माण गर्दा नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला संस्थाहरुसँग छलफल नगरीनु अधिनायकवादी प्रवृत्ति भएको प्रवक्ता शर्माले टिप्पणीगर्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.