काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम,जानकी नवमीको अवसर पारेर प्रदेश २ मा आज सार्वजनिक बिदा प्रदेश सरकारले निणर्य गरेकोछ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर प्रदेशभित्र सार्वजनिक बिदा दिएको हो ।
यस पटकको जानकी नवमीलाई जनकपुर धाममा महामहोत्सवको रूपमा मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरूले सहभागिता जनाउने छन् । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।
Post a Comment