काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम,मोरग इाापा बिराटनगर,सिरहा,सप्तरीलगायत तराइका जिल्लामा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । गत साताबाट मधेशमा बढेको तापक्रमले जनजीवन प्रभावित भएको हो ।
गर्मीका कारण नागरिकको स्वास्थ्यमा पनि असर परेको छ । गर्मी बढेपछि घर—पसलबाट बाहिर निस्कनै नसक्ने अवस्था भएकोछ । गर्मीका कारण बजारमा मानिसको चहलपहल समेत कम भएको छ । गर्मीका कारण अस्पतालमा झाडापखला, रुघाखोकी तथा ज्वरोका बिरामीको चाप बढ्नुका साथै सर्पदंशको घटनासमेत बढ्न थालेको लहान अस्पतालका डा.दीपेन्द्रकुमार यादवले बताउनुभयो ।
गर्मी बढेपछि जमिनमुनि बस्ने सर्प बाहिर निस्कन थालेको र सर्वसाधारणलाई टोक्नेक्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप पनि बढ्दै गएकोछ ।
Post a Comment