Websoft University

समयमा कांग्रेसको महाधिवेशन नभए प्रजातन्त्र खतरामा पर्ने


श्याम राई-गाईघाट,वैशाख २७ गते । रातो तारा डट कम, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेस मात्र नभएर प्र्रजातन्त्र समेत अफ्ठेरोमा पर्न जाने बताएका छन् ।

उनले मुलुको सबै भन्दा ठूलो प्रजातान्त्रिक पार्टी कांग्रेसको महाधिवेशन निर्धारित समयमा नेतृत्वको कारण हुन नसकेको बताए ।‘ देउवा जीको चाहाना अनुरुप महाधिवेशन हन्छ । वहाको पार्टीमा बहुमत भएकोले उनले नचाहे सम्म महाधिवेशन हुन सक्दैन ।’ पौडे्लले भने । निर्धारित समयमा पार्टीको महाधिवेशन भए मात्र कांग्रेस र प्रजातन्त्रको हित हुने उनले बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेस भित्र बढि आकांक्षी भएकोले गुट, उपगुट जस्तो देखिएको तर कुनै गुटबन्दि नरहेको स्पष्ट पारे ।
शुक्रबार नेपाल प्रेस युनियन उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले अब नेपाली जनताले चाहे अनुरुपको कांग्रेस पार्टी हुने भएकोले देशव्यापी जागरण अधियान थालनी गरिएको बताए । उनले जागरण अभियानपछि मात्र आफूले महाधिवेशनमा सभापतीको लागि उम्मेदबार बन्ने नबन्ने बारे जानकारी दिने बताए ।

सबै नेताहरुबीच अहिले उम्मेदबारी बारे केही नबोल्ने सहमती भएको छ । त्यसैले म यो विषयमा केही बोल्न चाहान्न ।’ पौडेलले भने ।

नेता पौडेलले दुई तिहाईको बर्तमान सरकारलाई काम गर्ने सहज अवस्था हुदा हुदै पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाए ।

‘ सरकारले जनताको चाहाना अनुरुप कुनै काम गरेको छैन । जुन ढङ्गंबाट काम गर्नु पथ्र्यो त्यो अनुरुप काम गरेको छैन ।’ उनले भने,‘ सरकारको काम भन्दा बढी गफमा अलमलिएको कारण जनताले सत्ताको विकल्प खोजेको र कांग्रेसले बैकल्पिक पार्टीको हैसियत बनाएको उनले बताए ।’

जनताको आधारभूत समस्या समाधान गर्न नसक्ने सरकारले पानी जहाजको सपना बाडेर जनतालाई अल मलाउन खोजेको नेता पौडे्लले बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.