Websoft University

महानगर प्रति जनगुनासो–सार्वजनिक बाटो र नाला खालि गराउन महानगर संग जनताको माग


बिराटनगर बैशाख २७ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिका वडा नम्वर १ भट्टा चोक पुर्व परोपुराकार मार्ग, बबिता चौधरीको घर छेउ,श्रीमती रुचिला लोहनी पन्तले निजकै नाम दर्ता रहेको बिराटनगर १ (ग) को किता नम्वर २७१२ को जग्गामा निजले सार्वजनिक जग्गा बाटो नाला मिचेर महानगरको मापण्ड बिपरित घर बनाईरहनु भएकोछ ।

सार्वजनिक नाला र बाटो मिचियो, महानरले हेरेन भन्दै आज बिराटनगरमा गाउँलेहरुले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएका हुन ।

सार्वजनिक बाटो नाला पैनी मिचेर नयाँ घर पन्तले बनाइरहेको कुरा उल्लेख गरेर पटक पटक महानगरपालिकामा निबेदन दर्ता गराई पत्र समेत काटेको तर महानगरले सार्वजानिक बाटो र नाला खालि गराउन कडाई नगरिदिदा, अहिले पनि घर बनिरहेको बन्दै, उक्त निमार्ण कार्य तु रोकेर कार्यवाही अगि बढाई सार्वजानिक बाटो र नालाको भाग खालि गराउन स्थानिय बासीले पत्रकार सम्मेलन बाटै बिराटनगर महानगरपालिका संग माग गरेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.