बिराटनगर बैशाख २७ गते । रातो तारा डट कम,राष्ट्रिय खेलकुद परिष काठमाण्डौ छनोट प्रकृय पुरा गरेर क्रिकेट खेलाडी पठाउन पत्र पठाएके भए पनि पत्रै लुकाएर आफन्तलाई फोन सम्पर्क गर्दै, बोलाएरु अहिले सुनसरीको इनरुवामा क्रिकेट क्याम्प राखेको भन्दै मोरगका खेलाडिहरुले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर बिरोध गरेका छन ।
जेष्ठ १ गते देखि काठमाण्डौ क्रिर्तिपुर क्रिकेट मैदानमा हुने खेलमा भाग लिन जानलाई मोरगका राम्रा खेलाडिहरुलाई पाखा लगाएर पुराना १४ जना नयाँ ११ जना गरी २५ जनाको इनरुवामा क्याम्प राखेको भन्दै सो क्याम्प रोकेर नयाँ छनोट बाट खेलाडि छान्न समेत क्रिकेट खेलाडिहरुले राखेप संग माग गरेका छन ।
यसो नगरिए ससक्त आन्दोलन गर्ने बताएका छन ।
Post a Comment