काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने आज स्वदेश फर्कर्दैछन । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर सन्दिप आज नेपाल आउने कार्यक्रम रहेको बताइएकोछ । सन्दीप आज अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । आईपीएलमा सन्दीपले खेलेको दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङसंग पराजित भएको थियो । दिल्ली फाइनल पुग्न असफल भएपछि सन्दीप स्वदेश फर्कन लाग्नुभएको हो । यो सिजनमा सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिनुभएको थियो ।
Post a Comment