काठमाण्डौ,बैशाख २७ गते । रातो तारा डट कम,सल्यान कपुरकोटमा रहेको नारि विकास वचत तथा ऋण सहकारि संस्थाले कृषि क्षेत्रमा सबै भन्दा बढी लगानी गरेको छ । सहकारीको २९ लाख ८६ हजार आठ सय ८५ रुपैयाँ कुल पुजी मध्येबाट २४ लाख ५० हजार आठ सय ५६ रुपैयाँ कृषिीमा लगानी गरेको सहकारी संस्थाले जनाएको हो । महिलाले सञ्चालन गरेको र महिला मात्रै सदस्य रहेको यस सहकारीले महिलालाई कृषी मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरिएको संस्थाका अध्यक्ष ललीता गिरीले जानकारी दिनुभयो । सहकारी संस्थामा दुइ सय २१ जना सदस्य रहेका छन् ।
Post a Comment