Websoft University

विजेता पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो



काठमाण्डौ,बैशाख २७ गते । रातो तारा डट कम,तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । २६ गते सम्पन्न फाइनल खेलमा साविक विजेता पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारस्थित नारायणी माविको मैदानमा पुलिसले आर्मीमाथी २५–१७, २५–१३, २५–१९ को जित निकालेको हो । उपाधिसँगै पुलिसले नगद तीन लाख ५१ हजार पाँच सय प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ७६ हजार दुइ सय ५१ मा चित्त बुझाएको छ । यसैगरि सेमीफाइनलमा पुग्न सफल एपिएफ र गण्डकी प्रदेशले ५०–५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विधागततर्फ पनि पुलिसकै खेलाडीको वर्चश्व रहेको छ । वेष्ट प्लेयर पुलिसका कुलबहादुर थापाले नगद १५ हजार प्राप्त गर्नुभएको छ । वेस्ट सर्भर पुलिसका विशाल विक, वेस्ट सटर पुलिसका इमबहादुर रानामगर, बेस्ट ब्लकर पुलिसकै दिपकराज जोशी, वेस्ट स्पाइकर आर्मीका धनबहादुर भट्ट, वेस्ट डिफेन्डर पुलिसका भिम गाहामगर, उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ घोषित भएका छन् । सबैले नगद ७ हजार प्राप्त गरेका हुन् । पर्यटन प्रवद्र्धनका लागि भलिबल भन्ने नारासहित बैसाख २२ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमको सहभागिता थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.