काठमाण्डौ,बैशाख २७ गते । रातो तारा डट कम,सिन्धुलीको कमलामाई नगरपालिकाले नगर भित्रका १७ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ को हालसम्म नगर भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा १७ वटा हाते ट्याक्टर वितरण गरिएको नगर कृषी शाखा सिन्धुलीले जनाएको हो । कमलामाई नगरपालीकाको वडा नं १, ६, ८ मा १÷१ वटा, वडा नं २, ३, ४, १० र ११ मा २÷२ वटा वितरण गरिएको नगरका कृषि शाखाका पाविधिक देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो । कृषि प्राविधिक सापकोटाका अनुसार नगरपालिका ७ मा ४ वटा वितरण गरिएकोेछ । वडा नं ५, ९, १२, १३ र १४ का किसानको भने हाते ट्याक्टर अनुदानका लागि कुनै निवेदन कार्यालयसम्म नआएकाले वितरण नगरिएको प्राविधिक सापकोटाले बताउनुभयो । हाते ट्याक्टरको प्रयोगपछि हली, हलो र गोरु खोज्नुपर्ने झञ्झट हटेको र खेती लगाउन पनि सहज भएको किसानले बताएका छन् ।
Post a Comment