काठमाण्डौ बैशाख २९ गते । रातो तारा डट कम,प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आगामी प्रदेश सभाको बैठकबाट प्रदेश एकको नामाकारणको बिषय टुङ्गो लगाउने बताउनु भएको छ । झापाको धुलाबारीमा २८ गतेबाट शुरु भएको प्रथम अन्तराष्ट्रिय बोडो मेचे साहित्य तथा साँस्कृतिक समारोहको उदघाटन गर्दै मुख्यमन्त्री राईले केही दिन अघि मात्रै प्रदेशको स्थायी राजधानी बिराटनगरलाई तोकिएको छ र अब छिट्टै प्रदेशको नाम समेत तोकिने र सबै सांसदहरुको सहमतिमा नै प्रदेशको नाम निर्णय हुने बताउनु भयो । समारोहको उदघाटन गर्दै मुख्यमन्त्री राईले मेचे जाति यस प्रदेशको लोपोन्मुख जातिमा पर्ने भएकाले यसको बिकास र संरक्षणका लागि प्रदेश सरकारले आगामी निति तथा कार्यक्रम मार्फत बिशेष ब्यवस्था समेत गरिने बताउनु भयो । समारोह मुल आयोजक समितिका अध्यक्ष कमल मेचेको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि संघिय सांसद कुमारी मेचे,मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानका अनुसन्धान अधिकृत सन्तलाल मेचे लगायतले मेचे जातिको संरक्षणमा राज्यले बिशेष कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए ।
Post a Comment