Websoft University

सांसदहरुल सरकारको ध्यानाकर्षण गराए



काठमाण्डौं,माघ २६ गते । रातो तारा डट कम,प्रतिनिधिसभाको हिजोको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्थालाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सांसद महेश बस्नेतले काठमाडौँको वाग्मती लगातयका नदीनालामा प्लास्टिकका कारण झन् फोहर बढ्दै गएकाले त्यसको उचित व्यवस्थापन गर्न माग गर्नुुभयो । सांसद महेश्वर गहतराजले बाँके जिल्लामा आपराधिक क्रियाकलापमा संलग्नलाई कारवाही गर्नुपर्ने धारणा राख्नुभयो । सांसद मीना सुब्बाले रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा पुगेका महिलालाई बन्धक बनाउनेहरूलाई कारबाहीको माग गर्नुभयो ।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा चट्याङका कारण मृत्यु भएका परिवार र घाइतेलाई उचित क्षतिपूर्तिको माग गर्नुभयो भने सांसद यशोदा सुवेदीले लमजुङको बेंसीशहरबाट मनाङको सदरमुकाम चामेसम्मको सडक खण्ड अन्तर्गत स्यान्तुङ खोलामा ठूला ठूला ढुङ्गा खसेर बाटो अवरुद्ध भएको बारे सरकारको ध्यानाकर्षण गराउनु
भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.