इटहरी माघ २६ गते । रातो तारा डट कम,किसानहरुले झेल्दै आउनु परेका विभिन्न समस्या हरुको पहिचान गरी कृषि क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको तरहरामा कृषि क्षेत्रका सरोकारवालाहरुविच दुई दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम हिजो र आज हुदैछ ।
कृषि क्षेत्रको विकास र विस्तारका लागि नेपाल सरकारका २०७३सालमा गठित राष्ट्यि किसान आयोग हरिहरभवन ललितपुरको आयोजनामा प्रदेस तथा केन्द्रस्तरमा कृषि प्रसार अनुसन्धान र विकास तथा किसान सम्वन्धी समसामयिक समस्या सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम कृषी अनुसन्धान केन्द्र तरहराको हलमा सुरु भएको हो ।
प्रदेस नम्वर १का मुख्य मन्त्री शेरधन राईको प्रमुखता आथित्यता तथा आयोगकी सदस्य मिना तामागंको अध्यक्षतामा सुरु भएको अन्तरक्रियामा कृषिका विभिन्न पक्ष विषयमा सहभागिहरुले छलफल गरिरहेका छन ।
सो कार्यक्रममा आयोग गठनका साथै आगोगका विषयमा सदस्य उदयचन्द्र ठाकुरले चर्चा गरेका थिए । छलफल शुक्रवार सम्म चल्ने छ ।
Post a Comment