Websoft University

असिना पानीले हिउँदे बालीमा ठुलो पु¥यो क्षति



काठमाण्डौं,माघ २६ गते । रातो तारा डट कम,अछाममा असिनापानीका कारण बालीनालीमा क्षति पुगेको छ । हिजो करिब ४ घण्टा परेको असिना पानीले हिउँदे बालीमा ठुलो क्षति गरेको छ ।

असिना पानीका कारण हिउँदे बाली गहुँ, जौ, मसुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा नराम्ररी क्षति पुगेको किसानले बताएका छन् । पानी पर्दा बालीनाली सप्रिने भन्दै खुसी लागेको भएपनि  अचानकको असिनाले हिउँदे बाली तरकारी खेती सबैमा क्षति गरेको मंगलसैन ६ का किसान नन्दाराम भण्डारीले बताउनु भयो ।

आफ्नो तरकारी बारीका प्याज, काउली, लसुन, धनियाँ, पालुंगो, आलु बालीमा ठुलो क्षति पुगेको उहाँको भनाई छ । बर्षे बाली जंगली जनावरले क्षति गर्ने र हिउँदे बाली समेत असीनाले नष्ट गरेपछि किसान भोकमरीको चिन्तामा परेका मंगलसैन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

मेल्लेख गाउपालिका वडा नम्बर ६ शोडषामा पनी हावाहुरिले ७ घरमा क्षति पुरयाएको छ । असिनाका कारण खेतबारी सेताम्मे देखिएको छ । बालीनालीका कलिला मुना नै असिनाले क्षतविक्षद गरेको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.