Websoft University

महालेखा नियन्त्रणक सूर्य प्रसाद गौतम द्वारा भवन उदघाटन


श्याम राई-उदयपुर,गाईघाट, माघ२५ गते । रातो तारा डट कम,
महालेखा नियन्त्रणक सूर्य प्रसाद गौतमले आर्थिक अनुसन्धानलाई शुद्धता बनाउदै अघि बढ्न सके देश समृद्ध बन्न सक्ने बताएकाछन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको नव निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले कर्मचारीको मात्र नभएर सबैको दायित्व भएकोले आर्थिक अनुसाशन प्रति सचेत रहन आग्रह गरे ।

उनले कतिपय अवस्थामा कार्यालय प्रमुखले विभिन्न दबाबमा रहेर आर्थिक कारोबार गर्नु पर्ने बाध्यता भएपनि आर्थिक नियमवाली विपरित गएर काम गर्न नहुने बताए ।‘ कसैले आर्थिक नियमवली मिचेर भुक्तानी गर्छ भने हामी त्यसलाई कदापी स्वीकार गर्दैनौ ।’ उनले भने ।

सबैले नियम कानून अनुरुप चल्नु पर्छ । लेखा समूहका कर्मचारी कार्यालय प्रमुखको आर्थिक संल्लाहाकारको रुपमा रहेर काम गर्नू पर्ने भएकोले आर्थिक नियमवाली विपरित गएर कुनै किसीमको आर्थिक कारोबार नगर्न उनले निर्देशन दिए ।

वि.स.२०७३ पुष २८ गते संझौता गरि निर्माण शुरु गरिएको नव निर्मित भवन निर्धारित समय भन्दा तिन महिना अघि सम्पन्न भएको प्रमुख कोष नियन्त्रक हिरा न्यौपानेले बताए ।
करिब १ करोड ६२ लाख १६ हजार ८ सय ८५ रुपैया लागतमा निर्मित उक्त भवनमा कार्यालय प्रयोजना बाहेक सभा हल समेतको सुविधा छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.