श्याम राई-उदयपुर,गाईघाट,माघ २५ गते । रातो तारा डट कम, त्रियुगा नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको
छ । तिन दिनदेखि नगर क्षेत्रका पसल, व्यापारीक प्रतिष्ठानमा अनुगमन गरेर कानून बमोजिम दर्ता नगरीएका पसलमा सिल गरेको छ । भने केहीलाई अनुगमन टोलीले पहिलो पटकको लागि सचेत गराएको छ ।
नगरपालिकाले बजार अनुगमन निर्देशिका पास गरेसँगै बजार अनुगमनको कार्य लाई तिब्रता दिएको मेयर बलदेब चौधरीले बताए । नगरपालिकाले बजार अनुगमनको लागि वडा न. १० का वडा अध्यक्ष प्रकास खड्काको अध्यक्षतामा केही दिन अघि उपभोक्ता हित सरक्षण समिति गठन गरेको छ । उक्त समितिमा जिल्ला प्रशासन, प्रहरी, पत्रकार, उद्योग वाणिज्य संघ र खाद्ध अनुसन्धान डिभिजन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
अनुगमन टोलीले विहीबार त्रिनपा १५ देऊरीस्थीत पायल ज्वेयलर्सलाई सिल लगाएको छ । नगरपालिकामा व्यावसाय संचालनको अनुमती नलि कुनै पसल संचालन गरेको भन्दै अनुगमन टोलीले उक्त कार्यवाही गरेको हो ।
त्यसैगरि नगर क्षेत्रका मासु पसलहरु मापढण्ड विपरित रहेको भन्दै अनुगमन टोलीले संचालकलाई पहिलो पटकको लागि सचेत गराएकोछ । अनुगमनको क्रममा केही मासु पसलले खानै नमिल्ने गरि उपभोक्ताहरुलाई मासु विक्री गरेको भेटिएपछि मासु समेत जफत गरिएको थियो ।
‘ सुली र फोहोरको लेदो लागेको मासु समेत विक्री भैरहेको थियो ।’ अनुगमन टोलीका संयोजक प्रकास खड्काले भने ।‘ त्यस्तो मासु जफत गरेर पहिलो पटक भएकोले व्यावसायीलाई सचेत गराएर छाडेका छौ ।’ उनले भने,‘ फेरी पनि भेटिएमा त्यस्ता व्यापारी माथि कडा कार्यावाही गर्छौ ।’
नगर क्षेत्रको वडा न. ११ का गाईघाट, देऊरीमा अनुगमन टोलीले अनुगमन गरेको उनले बताए । दुई दिनमा हामीले झण्डै १ सय बढी पसलमा अनुगमन गरेको मेयर चौधरीले बताए । नगरपालिकाले बजार अनुगमन निर्देशीका जारी गरे लगतै बजार अनुगमन शुरु गरेको उनले बताए ।
केही समय यता बजारमा म्याद नाघेका खाद्ध सामाग्री र अस्वस्थ्य मासुको खुलेआम विक्री वितरण भैरहेको गुनासो आएपछि नगरपालिकाले बजार अनुगमन शुरु गरेको हो । अनुगमन टोलीले पहिलो चरणमा मासु पसल, सुनचाँदी व्यावसाय केन्द्रित बनेर अनुगमन गरेको जनाएको छ । मेयर चौधरीले बजार अनुगमनको कार्यलाई निरन्तरता दिने बताए ।
Post a Comment