काठमाण्डौं,माघ २७ गते । रातो तारा डट कम,उखु किसानले एक साताभित्र सरकारी अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले उखु बिक्री बापत गत आर्थिक वर्ष २०७४÷०७५ मा प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरे पनि किसानले अझैँ पाउन सकेका छैनन् ।
सर्लाहीको हरिवनमा बसेको नेपाल उखु उत्पादक महासङ्घको बैठकले अनुदान रकम उपलब्ध गराउन सरकारलाई एक साताको अल्टिमेटम दिएको हो । यो अवधिमा अनुदान रकम नपाए चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिनुभयो ।
बैठकले सरकारले निर्धारण गरेको मूल्य अनुसार अघिल्लो वर्षकै केही चिनी उद्योगीहरूले किसानको भुक्तानि दिन बाँकी रहेकाले सो भुक्तानि पनि एक हप्ताभित्रै हुनुपर्ने माग गरेको छ । महासङ्का अध्यक्ष मैनालीका अनुसार केही साताअघि अहिलेकै माग राखेर ज्ञापन पत्र बुझाउँदा सरकारले कुनै वास्ता नगरेको भन्दै यो पटक पनि सुनवाइ नगरे फागुन ६ गतेदेखि तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
Post a Comment