Websoft University

रौतहटको बगरमा उत्पादन गरेको केराले स्थानीय चकित


काठमाण्डौं,माघ २७ गते । रातो तारा डट कम,रौतहटको गौर नगरपालिका टिकुलियाको लालबकैया नदिको बगरमा केरा खेती गरेर एक किसान आत्मनिर्भर भएका छन् । बस्तिछेउ भएर बग्ने बकैया नदीको किनारमा रहेको सयौँ विगाह जमिनमा स्थानीय टिकुलियाका किसान मनोज सहनीले केरा खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

टिकुलिया गौर सदरमुकामबाट ५ मिटर पश्चिममा रहेको लालबकैया नदीको बगरमा रहेको बलौटे जमिनमा धान, गहु ,दाल लगायत अन्य खेतीहरु गर्न असहज भएको अवस्थामा वडा नम्बर ४ टिकुलियाका स्थानीय सहनीले केरा खेती गर्दै आउनु भएको छ ।

२०५० सालमा आएको बाढीका कारण खेतीयोग्य जमिनलाई कटान गरेपछि टिकुलियाका स्थानीय घरबारविहीन भएका थिए । दुइतीन वर्षपछि कटान भएको जमिन उकास भएपछि बालुवामा केरा र परबल खेती गर्न एक कृषि प्राविधिकले सुझाव दिएको सहनीले बताउनुभयो ।

उहाँले उत्पादन गरेको केरा सीमावर्ती भारतीय बजार लगायत काठमाडौँ, विरगञ्ज, चन्द्रपुर, सर्लाही तथा देशका विभिन्न स्थानका व्यापारी खेतमै आउने गरेको सहनीको भनाइ    छ । अहिले उहाँ सबैको लागी प्रेरणाको स्रोत पनि बन्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.