शिव भट्टराई - बिराटनगर माघ २६ गते । रातो तारा डट कम,भट्टराई कुल बंश प्रतिष्ठान बिराटनगर महानगर समितिद्वारा आयोजना गरिएको वनभोज कार्यकम महानगर समितिका अध्यक्ष रमानाथ भट्टराईको अध्यक्षतामा साथै भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रिय सचिव जीवराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।संसारभर छरिएर रहेका भट्टराई परिवारलाई एकीकृत गरी सामाजिक संस्कृतिक मर्यादा अनुरूप सु-संस्कृत परिवारको पहिचान गर्न सिकाउने उदेश्यले यस वन भोज कार्यक्रमको आयोजना गरिएको हो।
भट्टराई बन्धुहरुद्वारा बन्धुत्वको भावना जगाउन आयोजना गरिएको यस वनभोज कार्यक्रम ऋषि मोहन पार्क विराटनगरमा सम्पन्न भएको थियो।कार्यक्रममा बोल्दै भट्टराई कुल बंश प्रतिष्ठानका केन्द्रीय सचिव जीवराज भट्टराई, भट्टराई कुल बंश प्रतिष्ठान १ नं प्रदेशका अध्यक्ष भरत भट्टराई , भट्टराई कुलबंश प्रतिष्ठान ३ नं प्रदेशका अध्यक्ष राजेश कुमार भट्टराई , भट्टराई कुल बंश प्रतिष्ठान विराटनगर महानगर समितिका उपाध्यक्ष ज्ञानु भट्टराई लगायतले राष्ट्रको घेरा भित्र रही बसेका नागरिकहरुलाई एकै परिवारका सदस्य ठानी व्यवहार गर्नु नै भट्टराई परिवारको परिचय हो भन्ने कुरा प्रस्ट्याएका छन् भने कार्यक्रम भट्टराई कुल बंश प्रतिष्ठान वंसवाली प्रकाशन समितिका सदस्य मनोहर भट्टराईद्वारा संचालन गरिएको थियो।
Post a Comment