Websoft University

लैंगिक हिंसा सम्बन्धि अन्तरक्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न


बिराटनगर मंसिर २० गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा लैंगिक हिंसा विरूद्द १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत अन्तरकृयात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिराटनगर महानगरपालिकाका उपमेयर ईन्दिरा कार्कीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्र.जि.अ मदन भुजेल, जिप्रका मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी, बुढीगंगा गाँउपालिकाका उपप्रमुख अमृता कुमारी गच्छदार, स्थानीय निकायका पदाधिकारीहरू, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायत सिविन नेपाल, ओरेक नेपाल, साना हातहरू, एविसि नेपाल, विभिन्न सरोकारवाला संघसंस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीले मोरङ जिल्लामा विद्यमान लैंगिक हिंसाको अवस्थाको विश्लेषण सहितको प्रस्तुतिकरण गर्नुभएको थियो भने सरोकारवाला पदाधिकारीहरूले लैंगिक हिंसा विरूद्दको कार्यक्रममा स्थानीय तह, प्रहरी, सामाजिक संघ  संस्थाहरूले एकिकृत रूपमा गर्नुपर्ने विविध कार्यक्रमहरू सुझावको रूपमा दिनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका उपमेयर ईन्दिरा कार्कीले हिंसा गर्ने छुट कसैलाई पनि नभएको, सामाजिक परिवेशको कारण हिंसाका पीडाहरू डरले भित्रै लुकाईराख्ने प्रचलन विस्तारै अन्त्य हुँदै गएको तथ्य प्रहरी कार्यालय लगायत सम्वन्धित निकायमा घटनाको उजुरी संख्या क्रमश बढ्दै जानुले पनि देखिन्छ । लैंगिक हिंसाको न्यूनिकरण तथा नियन्त्रणको लागि महानगरपालिका सदैव क्रियासिल रहने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अहिले पनि महिला माथि हुने हिंसा बिद्यमान रहेको र यसको प्रभावकारी न्युनिकरणको लागि प्रहरी, स्थानीय निकाय, संघसंस्थाहरूको सक्रियता आवश्यक रहेको वताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै बुढिगंगा गाँउपालिकाका उप(प्रमुख अमृता कुमारी गच्छदारले लैंगिक हिंसा न्यूनिकरणको लागि आवश्यक कार्यक्रमहरू निरन्तर सम्पन्न गर्ने बताउनुभएको थियो । कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै प्रहरी उपरीक्षक विश्व अधिकारीले अन्तरक्रियात्मक छलफलमा विषयवस्तुमाथि उठेका बुदाहरूलाई समेटेर जिल्लाको लैंगिक हिंसा न्यूनिकरणको लागि कार्ययोजना तर्जुमा गर्ने र सो को कार्यान्वयनको लागि स्थानीय तह, सरोकारवाला निकायहरूलाई राय सहितको समन्वय गरिने वताउनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.