Websoft University

‘सँगसँगै’ को शुभमुर्हत,


काठमाडौं मंसिर २० गते । रातो तारा डट कम,निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा ‘सँगसँगै’ नामक फिल्म निर्माण हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध र समर्पणको कथामा निर्माण हुने फिल्मको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुर्हत गरियो । फिल्ममा सौगात मल्ल,मुकुन भुसाल, सुष्टि श्रेष्ठ र आश्मा गिरी मुख्य भूमिकामा छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको शुभमुर्हत सर्टको निर्देशन ऋषिराज आचार्यले गरेका थिए भने क्यामेरा स्वीच अन चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले गरेका थिए ।
त्यसैगरी, निर्माता तथा बितरक करण श्रेष्ठले क्ल्याप ठोके भने चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश सिटौलाले नरिवल फोडेका थिए । फिल्ममा सौगात,मुकुन, सृष्टि,आश्माका साथमा बिकास चापागाई, रश्मी भट्ट,सबिता रेग्मी,आलम खान, बिशाल पहाडी,सूर्य श्रेष्ठ,रामशरण दुलाललगायतका कलाकारले अभिनय गर्दैछन् । सुवानी फिल्मस्को ब्यानरमा तोरण क्षेत्री,बिष्णु लामीछाने,रोशन केसी र बिष्णबहादुर क्षेत्री निर्माता रहेको फिल्म शिब ढकालले खिच्ने छन् भने ताराप्रकाश लिम्बूको संगीत छ ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, बरिष्ट निर्देशक दयाराम दाहाल तथा नेपाली काग्रेसका नेता बद्रि पाण्डेले सँगसँगै’ फिल्मलाई सफलताको शुभकामना ब्यक्त गरे थिए ।
निर्देशक भट्टराईले दुई साथीबीचको मित्रता तथा झण्डै दुई दशकअघिदेखि अहिलेसम्मको नेपाली समाजको एउटा कालखण्डको कथामा ‘सँगसँगै’ बुनीएको बताए । यसअघि ‘ब्ल्याकमेल’, ‘सुकुलगुण्डा’,‘निर्भय’ लगायतका फिल्म निर्देशन गरेका भट्टराईले भने,‘‘सँगसँगै’ समाजीक तथा पारिवारिक बिषयको फिल्म हो । जसमा नेपाली समाजको मौलिक जनजीवनलाई समेटिएको छ ।’

उनले फिल्मको कथा वास्तिक घटनाक्रमहरुसँग नजिक रहेको उल्लेख गरे । अभिनेता सौगातले आफूलाई ‘सँगसँगै’ को स्क्रिप्टले मन छोएको बताए भने अर्का अभिनेता मुकुन आफू यो फिल्ममा निकै अहम् भूमिकामा रहेको र आमदर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे । अभिनेत्री सृष्टिले यो फिल्मप्रति आफू निकै उत्साहीत रहेको बताइन् भने अर्की अभिनेत्री आश्माले‘ड्रिमगर्ल’ पछि स्क्रिप्ट र टिम मन परेकाले ‘सँगसँगै’ मा जोडिएको बताउदै यो फिल्म आफ्नो करिअरका लागि ‘टर्नीङ प्वाइन्ट’ भएको दावी गरिन् । 

केही प्रतिशत दृश्य अष्टे«लियाको बिभिन्न स्थानमा खिचिने फिल्मको निर्माण ब्यबस्थापकमा सुरजआचार्य र उत्तम अधिकारी छन् । माघ पहिलो साताबाट सुटिङ सुरु हुने फिल्मको शुभमुर्हतमा चलचित्र तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.