बिराटनगर मंसिर २० गते । रातो तारा डट कम,उद्योग संगठन मोरंगका पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरंगको आयोजनामा अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम मिति २०७६ मंसिर २० गते, शुक्रवार सम्पन्न भयो । स्व. महेन्द्र गोल्छाको १० औं स्मृतिमा आयोजित अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा संगठनका अध्यक्ष भीम घिमिरेले स्व.महेन्द्र गोल्छाले शैक्षिक क्षेत्रको विकासकाको लागि पु«¥याउनु भएको योगदानको स्मरण गर्दै हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको बताउनु भयो ।
अध्यक्ष्ँ घिमिरेले स्व. महेन्द्र गोल्छाले आर्दशलाई अनुशरण गर्न सके राष्ट्रिय आर्थिक विकासमा नै टेवा पुग्ने भएकाले उहाले देखाएको मार्ग अनुशरण गर्न सहभागि विधार्थीहरुलाई अनुरोध गर्दै जागिर खोज्ने भन्दा पनि जागिर दिने वन्न विधार्थीलाई अनुरोध गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय प्रदेश सभा सदस्य केदार कार्कीले सामाजिक उत्तरदायित्व वहन गर्दै उद्योग संगठन मोरंगले स्व. गोल्छाको १० स्मृतिमा आयोजना गरेको अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता विद्यार्थीहरुको वाहिरी ज्ञानलाई वढावा दिएको वताउनु भयो ।
उहाले स्कुल कलेजका कितावी ज्ञानका साथै अन्य ज्ञानले मानिसको व्यत्तित्वलाई परिस्कृत गर्न मद्त पुग्ने विश्वास व्यक्त गर्नु भयो । संगठनका कार्यकारिणी समिति सदस्य एवं स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृति समितिका संयोजक सुवोध कोईरालाले स्व. महेन्द्र गोल्छाको सम्झनामा विगत वर्ष जस्तै यस वर्ष समेत अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको वताउनु हुदै यसबाट विद्यार्थीहरुलाई सामान्यज्ञान प्रति अभिरुची बढाउन प्रेरणा प्राप्त हुने कुरा बताउनु भयो ।
कुल १८ माध्यमिक विद्यालयको सहभागिता रहेको हाजिरी जवाफ प्रतियोगिताको छनौट चरणबाट ६ टीमलाई अन्तिम चरणका लागि छनौट गरिएको थियो जसमध्ये शिक्षादीप प्रथम, अरनिको दोश्रँे, सिटी माध्यमिक विद्यालयले तेश्रो तथा आर.वि.वि.ले सान्तवा स्थान प्राप्त गर्न सफल भएको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद, बजर, रेपिडफायर, गरि जम्मा पाच राउण्डमा खेलाईएको प्रतियोगितामा क्रमशः दश, सात, पाच र २ हजार नगद पुरस्कार, मेडल,प्रमाण–पत्र, विजयी विद्यालयहरुलाई सिल्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ। सुयष प्याकुरेल, उपाध्यक्ष्ँ राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुनिल धनावत, प्रतिभा रिजाल ओली, तथा विभिन्न स्कुलका शिक्ष्ँक तथा विद्यार्थीह?को सहभागिता रहेको थियो ।
Post a Comment