Websoft University

नौ जना महिला स्वास्थ्य स्वयम्सेविका सम्मानित


काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम,१६ आँै अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवसको अवसरमा चन्तदनाथ नगरपालिकाले नौ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरेको छ । नगरपालिकाका चार वटा सामुदायिक साझेदारी स्वास्थ्य क्लिनिकले सिफारिस गरेको आधारमा सम्मान गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो । 

एक नम्वर वडादेखि आठ नम्बर वडासम्मका ९० जना महिला स्वास्थ्य स्वयमसेविका मध्येबाट उत्कृष्ठ काम गर्ने ९ जना महिला स्वयम्सेविका सम्मानीत गरिएको शाखाका जनस्वास्थ्य निरिक्षक क्षेत्रवहादुर महतले जानकारी दिनुभायो । उहाँका अनुसार वडा नम्वर एक बाट गोमा लक्ष्मी आचार्य, वडा नम्बर तीनबाट जिरा उपाध्याय, वडा नम्बर चारबाट काली नेपाली र वडा नम्बर पाँचबाट हजमा विक सम्मानित हुनुभएको हो । 

यस्तै तलिउम स्वास्थ्य चौकीबाट शारदा रोकाया, सरस्वती रावल र महत हेल्पोष्टबाट सरिता रावल र गगंदेवी महत र कार्तिकस्वामी स्वास्थ्य चौकीबाट डडे सार्कीलाई सम्मान गरिएको जनस्वास्थ्य निरिक्षक महतले जानकारी दिनुभयो । महिला स्वयम्सेविकाले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम देवकोटाले बताउनुभयो । 

स्वास्थ र सभ्य समाज बनाउन महिला स्वास्थ्य स्वयम्सेविकाको अतुलनीय योगदान गरेको वडा नम्वर ४ का वडा अध्यक्ष एवम कार्यवहाक नगरप्रमुख जगदिश चौलागाइले बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.