Websoft University

बिधार्थीले गरे नमुना हाटबजारको प्रदर्शन

काठमाण्डौ मंसिर २० गते । रातो तारा डट कम,व्यवसायिक शिक्षामा बिधार्थीहरुलाई दक्ष बनाउन पर्वतको एक विद्यालयले स्थानीय जातका सामाग्रीको निर्माण गर्न लगाई विद्याालय परिसर भित्रै नमुना हाटबजारको सञ्चालन गरेको छ । 

कुस्माको नमुना आवासिय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई व्यवहारिक शिक्षा अन्तरगत विषय शिक्षकले विद्यार्थीलाई दिएको गृहकार्य अन्र्तगत घरमै अर्गानिक खाजा तयार पारी विद्यालयमा नमुना हाटबजारको आयोजना गरी खरिद बिक्रि गरेका हुन् ।

विद्यालयको कक्षा ६ मा अध्ययनरत करिव ७५ जना विद्यार्थीको दुईवटा समुहले २० वटा स्टलको निर्माण गरी प्रयोगात्मक गृहकार्य अन्र्तगत उत्पादन तथा निर्माण गरेका स्थानीय जातका तरकारीमा गुन्द्रुक, मुलाको चाना, स्कुस, खुर्सानी, भेन्टा, कोदाको पीठो, सिल्टुङ, भटमास, वोडी, मकै,  हरियो साग, सातु र खाजाको रुपमा घरमै वनाएको तरकारी र पुरी लगायतको कारोबार गरेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.