Websoft University

जेष्ठ नागरिकलाई निःशुल्क औषधी


मोहन कुमार राई, काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम आयुर्वेद औषधालय शाखाको आयोजनामा संखुवासभाको चैनपुर नगरपालिका स्थित पोखरीमा रहेको चैनपुर आयुर्वेद औषधालयले जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रर्वधन गर्ने उद्देश्यले मंगलबार निःशुल्क आयुर्वेद औषधी वितरण गरेकोथियो । चैनपुर आयुर्वेद औषधालय सञ्चालक समितिका अध्यक्ष गणेश न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका बृद्धबृद्धाहरुलाई रोग प्रतिरोधात्मक औषधीहरु अश्वगन्ध चुर्ण, आमलकी चुर्ण, महानायण तेल, योगराज गोगल लगायतको औषधीहरु वितरण गरिएको चैनपुर स्वास्थ्य शाखा सह संयोजक रुपनारायण झाले वताउनुभयो ।

औषधी वितरण सँगै शरीरिको लागि गरिने स्नेह स्वदन, शिरोधारा, वस्ती कर्म लगायतको पञ्चकर्म सो औषधालयबाट निःशुल्क गरिने समेत वताउनुभयो । कार्यक्रममा ३६ महिला र २३ पुरुष जेष्ठ नागरिकहरुले सेवा प्राप्त गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सामान्य योगासन सम्वन्धी नियम र योग गर्ने विधि समेत योग प्रशिक्षक द्धय चन्द्र प्रसाद तामाङ र नरबहादुर अधिकारीले गराउनुभएकोे थियो ।

आयुर्वेद औषधी र यसको प्रयोगको प्रचारप्रसारमा कमीले गर्दा कम सेवाग्राहीहरुले मात्र सेवा लिइरहेपनि पछिल्लो समय आयुर्वेद औषधी प्रति सर्वसाधरणको आकर्षण बढीरहेको सह संयोजक झाले वताउनुभयो । चैनपुरको वडा नं. २ र ३ को संयुक्त वडा कार्यालय सँगै रहेको यस संस्थाको लागि पर्याप्त भवन र कोठाहरु नहुँदा सोचेजती सेवा दिन नसकिरहेको वताउनुहुँदै जडिबुटी , हार्वे्रियम (जडिबुटी उद्यम)को लागि जग्गा समेत अभाव रहेको दुःखेसो गर्नुभयो ।

कार्यत्रममा चैनपुर वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, आयुर्वेद औषधालयका स्वास्थ्यकमीहरु लगायतको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.