Websoft University

मिडिया काउन्सील बिधेयक प्रति युनियानको गंम्भिर ध्यानाकर्षण


मोहन कुमार राई, काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम, नेपाल प्रेश युनियन जिल्ला साखा संखुवासभाले सरकारले प्रेस काउन्सीललाई बिस्थापित गरेर मिडिया काउन्सील बिधेयक ल्याउन लागेको भन्दै गंम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्री परिषदबाट पारित भै संसदमा पेश भएको नेपाल मिडिया काउन्सीलका बिरुद्धमा देशका ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाईएको हो ।

नेपाल प्रेश युनियन जिल्ला शाखा संखुवासभाका सभापति कृष्णराज शाक्यले प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाललाई बुझाउनु भएको ज्ञापन पत्रमा स्वतन्त्र,मर्या्दित र उत्तरदायी पत्रकारीताको बिकास र संम्वर्धन गर्ने नाममा सरकारले ल्याउन लागेको मिडिया काउन्सील बिधेयक जनताको सुसुचित हुने अधिकारको रक्षाका लागि अहोरात्र कृयाशिल संचारकर्मीहरुको घाँटि थिच्नेगरि ल्याईन लागिएको भन्दै यसप्रति नेपाल प्रेश युनियनको गंभिर आपत्ति रहेको उल्लेख गरिएको छ ।

अहिले सरकारले ल्याउन लागेको मिडिया काउन्सील सम्वन्धी बिधेयकको दफा १८ मा उल्लेखित आचार संहिता बिपरित कुनै सामग्री प्रकासन प्रसारण गरिएका कारण कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुयाएको देखिएमा आम संचार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्बाददाता समेतलाई २५ हजार देखि १० लाख सम्म जरिवाना गर्न सकिने उल्लेख गरिएको छ । 

त्यसैगरि कुनै पनि राष्टको आन्तरिक मामलामा असर पर्ने गरि सामग्री प्रसारण भएमा १ करोड जरिवाना १५ बर्ष कैदको ब्यवस्था गरिनु एउटा स्वतन्त्र पत्रकारीता प्रतिको गंभिर प्रहार हो भन्ने उल्लेख गरिएको छ । नेपाल प्रेश युनियनको तर्फबाट प्रमुख जिल्ला अधिकारी समक्ष प्रस्तुत ज्ञापन पत्रमा पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा शत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारितालाई लैजान खोजिएको समेत उल्लेख गरिएको छ ।

आज दिउँसो प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय सभामुख समक्ष पेश गरिएको ज्ञापन पत्रमा सरकारले ल्याउन लागेको मिडिया काउन्सील बिधेयक खारेजीको माग गर्दै पत्रकारले सहज रुपमा काम गर्ने वातावरण तैयार गर्न माग गरिएको छ । स्वतन्त्रता पुर्वक लेख्ने र बोल्ने अधिकार सुनिश्चित नगरिए नेपाल प्रेश युनियनले थप आन्दोलनका कार्यक्रम अघि सार्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रेश युनियन शाखाका सभापति कृष्णराज शाक्यको अगुवाईमा ज्ञापन पत्र बुझाउननेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरी, सचिव अनिष बिष्ट, संचारकर्मी दिपेन्द्र शाक्य, नवीन गुरुङ्ग, पदम अधिकारी, बाबुराम बास्तोला, मेघराज तामाङ्ग लगायत २ दर्जन बढि क्रियाशिल संचारकर्मीको उपस्थीति रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.