Websoft University

नागरिकहरुको खुसीलाइ प्राथमिकतामा राखेर बजेट ल्यपाउने



काठमाण्डौ जेष्ठ १ गते । रातो तारा डट कम,अर्थमन्त्री डा.युवराज खतिवडाले नागरिकको खुसीलाइ आगामी आर्थिक वर्षको बजेटले प्राथमिकतामा राखेर बजेट ल्यपाउने बताउनुभएकोछ । विनियोजन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले बजेटको प्राथमिकताको क्षेत्रगत विषय कुनै एउटा मात्र नभएको बताउनुभयो ।

 कुनै एक क्षेत्रलाई मात्र प्राथमिकतामा पार्ने नभई जुन आयोजना तथा कार्यक्रमले बढी भन्दा बढी नागरिक खुसी हुन सक्छन् तिनै कार्यक्रम तथा आयोजना बजेटका प्राथमिकताका क्षेत्रमा पर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो । 

अर्थमन्त्री खतिवडाका अनुसार बजेटले कुनै क्षेत्रगत आयोजना र कार्यक्रमलाई प्राथमिकतामा राख्ने भन्दा पनि सामूहिक विकासको अवधारणा अंगीकार गरेको छ । अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम र संविधानमा भनिएका विषय नै बजेटका प्राथमिकता भएको अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।

विनियोजन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले संविधानले अंगीकार गरेका निर्देशक सिद्धान्तहरु नै बजेटमा प्रतिबिम्बित हुने धारणा राख्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.