काठमाण्डौ जेष्ठ १ गते । रातो तारा डट कम,हिमाली जिल्ला मुगु र हुम्लाका ग्रामिण बस्तीमा नि शुल्क आँखा शिविर सञ्चालन हुदाँ स्थानीय खुसी भएका छन् । गाउँमै निशुल्क आँखा जाँच गर्न पाउँदा स्थानीय खुसी भएका हुन् । बैशाख २० गते देखि नेपाल रेडक्रस सोसाईटी आँखा अस्पताल सुर्खेतको टोलीले मुगु र हुम्लाका गाउँ बस्तीमा पुगेर निशुल्क शिविर सञ्चालन गरिरहेको छ । २० गते हुम्लाको ताँजाकोट गाउँपालीकाबाट निशुल्क आँखा शिविर सुरु गरेको टोली अदानचुलि गाँउपालिका हुदै यति बेला मुगुको सोरुगाउँपालिकामा आइपुगेको छ । आँखा शिविरबाट २ हजार बढीले सेवा लिएका छन् । मोतिया विन्दु भएका १ सय ५६ जनाको शल्यकृया गरिएको छ । मुगुको सोरु गाउँपालिकामा ४० जनाको शल्यकृया गरिएको छ भने हुम्लाको ताजाँकोटमा ५१ जना र अदाँनचुलिमा ५६ जनाको सफल शल्यकृया गरिएको उपचारमा संलग्न डा शक्ति प्रसाद सुवेदिले जानकारी दिनुभयो ।
Post a Comment