Websoft University

ट्याक्टरमा च्यापिएर चालकको मृत्यु


काठमाण्डौ जेष्ठ १  गते । रातो तारा डट कम,मोरङको बुढीगंगा गाउँपालिका-७ एसआईटी ईट्टाभट्टामा आज ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । बिहान साढे ९ बजेको समयमा सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को २ त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडी सरेर ईन्जिनको भाग उचालिएर च्यापिदा सोही ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका-९ हसनपुर बस्ने बर्ष २५ को भरत राई घाईते भएका थिए । गम्भीर घाइते राईलाई उपचारको लागि  नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको  क्रममा बिहान १०:४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.