Websoft University

ठेकेदारले सडक ग्राभेल र कालो पत्रे गर्ने काम अलपत्र पारेर छाड्यो


श्याम राई-गाईघाट,जेष्ठ १ गते । रातो तारा डट कमठेकेदारको लापरवाहीले गाईघाट बजारको मुख्य भागबाट त्रियुगा नदी सम्म ४ लेन सडक निर्माणको काम रोकिएको छ ।
निर्धारीत समय भित्र काम नसकेपछि सडक योजना कार्यालयले दुई पटक म्याद थप गरे पनि ठेकेदार कम्पनीले सडक ग्राभेल र कालो पत्रे गर्ने काम अलपत्र पारेर छोडेकोछ ।

स्थानीय बासिन्दाले निर्धारीत समयमा काम नसकेपछि ठेकेदार विरुद्ध आक्रोस पोख्दै मुख्य सडक पटकपटक यातायात अवरुद्ध गराउँदै आएकाछन् । पटक, पटक दबाब दिदा पनि ठेकेदारले अटेर गरेपछि स्थानीयले स्थानीय प्रशासनलाई गुहारेकाछन् । प्रशासनले ठेकेदारलाई काम अघि नबढाए कालो सूचिमा राखेर कार्यवाही गर्ने चेतावनी समेत दिनु परेको छ ।

त्रियुगा नदी देखि बजारको मुख्य भाग आईल्याण्ड सम्म ९ सय ४० मिटर लामो चार लेनको सडकको दुबै तर्फ पक्कि नाली निर्माणको काम सकिएको भएपनि सडक ग्राभेल र कालो पत्रेको काम हुन सकेको छैन । ठेकेदारले पूरानो सडक भत्काएर नयाँ विस्तार गर्ने क्रममाबीच सडकमा बालुवा र गिटी राखेर काम अलपत्र पारेको छ ।

बैशाख २५ गते भित्र सबै काम सक्नु पर्नेमा निर्माण कम्पनीका प्रतिनिधि काम छोडेर बेपत्ता भएपछि सडक निर्माणको काम रोकिएको छ ।

गाईघाट–दिक्तेल सडक योजनाका प्रमुख डिई पशुपती ज्ञावलीले निर्माण कम्पनीले सडक निर्माणको काम सुस्त गतिमा भैरहेको बताए ।‘ निर्धारीत समयमा काम नसकिएकोले असार महिना भित्र जसरी पनि काम सक्न निर्देशन दिएको छु ।’ प्रमुख ज्ञावलीले भने ।

उनले नाला निर्माण र नाला माथि स्लाब लगाउने काम भने सकिएको बताए । ‘ हामीले ठेकेदार कम्पनीलाई काम चाँडो सक्न दबाब दिदै आएका छौ ।’ उनले भने,‘ ठेकेदारले ग्राभेलको काम शुरु गरेको छ । तर फेरी अहिले उक्त काम रोकिएको छ ।’ ठेकेदारलाई बोलाएर पुःन काम शुरु गर्न निर्देशन दिएको छु ।

०७५ कार्तिक भित्र काम सक्नेगरि सूर्य कन्ट्रक्शनले काम पाएको थियो । तर उक्त कम्पनी आफै काम नगरी केही रकम लिएर अन्य निर्माण व्यावसायीलाई काम विक्री गरेपछि काममा ढिलाई भएको स्वय्म व्यावसायीहरु बताउछन् ।

गाईघाट प्रवेश द्धारदेखि मुख्य बजारसम्म सडक पिचको काममा ढिलाईले बजार क्षेत्र आसपासका बासिन्दालाई धुलोले आक्रान्त पारेको छ । कच्चि बाटोमा बढ्दो सवारी चापले फैलने धुलोमा हिड्नै समस्या हुने गरेको बाल मंदिर उच्च माविका प्राचार्य जंग वहादुर खड्काले बताए ।

‘ काम समयमा नसकिदा धुलोको समस्याले गर्दा स्थानीय बासिन्दाको स्वास्थ्यमा असर पर्न गएको उनले बताए ।
डिई ज्ञावलीले असार मसान्त भित्र काम सक्ने लिखित प्रतिबद्धता ठेकेदार कम्पनीले गरेको बताए ।‘ काम जसरी पनि सक्ने प्रतिबद्धतागरि हामीले ठेकेदारलाई अन्तिम पटकको लागि भनेर म्याद थप गरेका छौ ।’ डिई ज्ञवालीले भने ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.