काठमाण्डौ जेष्ठ १ गते । रातो तारा डट कम,मोरङको धनपालथान गाउँपालिका-६ कदमाहमा आज करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । बिहान करिब ९ बजेको समयमा सोही ठाउँमा नयाँ निर्माण भईरहेको मस्जिदको वालमा पानी लगाउन कल चलाउने क्रममा अचानक करेण्ट लागेर सोही गाउँपालिका-६ बस्ने बर्ष २५ को मोहम्मद ईलियात मियाँ बेहोस भएका थिए । करेण्ट लागेर बेहोस भएका मियाँलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा विहान साढे १० बजे मृत्यु भएको हो । घटनास्थलमा प्रहरीको टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ ।

Post a Comment