Websoft University

बेलायतको स्टेजमा विजय अधिकारी र सुरेखा क्षेत्रीको दोहरी घम्सा घम्सी



काठमाडौ बैशाख २७ गते । रातो तारा डट कम,बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टले बेलायतका विभिन्न ७ शहरमा प्रस्तुति गर्न भोइस अफ नेपाल टिमलाई बेलायत ल्याएको हो । जसमध्ये बर्मिगहमको शो एनआरएन यूकेले संयोजन गरेको थियो ।

भ्वाइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको र मिडल्याण्ड क्षेत्रमा क्रियाशिल १३ वटा नेपाली संस्थाहरुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

पहिलो भ्वाइस अफ नेपालको उपाधि जित्न सफल भएका सिडी विजय अधिकारी साथमा सुरेखा क्षेत्रीले बेलायतको स्टेजमा एक बिशेष दोहरी घम्सा घम्सी अहिले निकैनै दर्शकहरुले मन पराएको ‘सालको पात टपरी’ प्रस्तुत गर्नु भएको थियो र धेरै दर्शक हरुको मन जित्न प्रोग्राम सफल भएको थियो ।

त्यस्तै अरु कलाकारहरुले पनि आ(आफ्नो प्रस्तुती देखाएर बेलायतमा पहिलो पटक निकैनै रमाइलो माहोल बनाई दिनु भएको थियो ।

तलको भिडियोमा हेर्नुहोस सिडी विजय अधिकारी साथमा सुरेखा क्षेत्रीको लाइव दोहरी घम्सा घम्सी ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.