Websoft University

अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी



सुनसरी, वैशाख २५ गते । रातो तारा डट कम,सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदआधारभूत प्राथमिक बिद्यालयमा  गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान-१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीबाट अफिस कोठामा भएको पुस्तकहरु, रोष्टम, फायल, खेलकुद सामाग्रीहरू जलेर नष्ट हुँदा अन्दाजी ४४ हजार मूल्य बराबरको क्षति भएको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.